नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, उदयपुरमा दुई घण्टा चक्काजाम गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ स्थित ल्याण्डफिल्ड साईड जाने बाटोमा स्थानीयले अवरोध गर्दै चक्का जाम गरेका हुन् ।
उपमहानगरपालिका वडा नम्बर १३, को लोनियनपुरदेखि ल्याण्डफिल्ड साईडसम्म जाने बाटो अव्यवस्थित भएको भन्दै स्थानीयले शनिबार दिँउसो चक्का जाम गरेका स्थानीय युवा गणेश पाण्डेले जानकारी दिए ।
‘सडकको गुणस्तरता छैन, सवारीसाधनका कारण सडकको धुलो उडेर लामो समयदेखि सास्ती भोग्दै आएको भन्दै स्थानीयले सडकमा लडिया, डल्लप, ट्राक्टर राखेर चक्का जाम गर्न बाध्य भएको’ उनले जानकारी दिए ।
स्थानीयले चक्काजाम गर्दा सो क्षेत्र भएर गुड्ने ट्राक्टर, टिप्पर तथा ट्रकलाई रोकेर राखिएको थियो ।
धुलाम्मे सडकबाट उडेको धुलोका कारण सर्वसाधरणले सास्ती भोग्दै आएपछि समाधानका लागि वडा कार्यालय लगायतमा अनुरोध गर्दा सम्म सम्बन्धित कार्यालयबाट कुनै चासो नदेखाएपछि यस्तो गरिएको बुझिएकोछ ।
सडक चक्का जाम गर्दै स्थानीयले आफ्ना माग छिटो सम्बोधन नभए थप आन्दोलन गर्ने समेत चेतावनी दिएकाछन् ।
उपमहानगरपालिकाको ल्याण्डफिल्ड साईट जाने बाटो मध्ये एक माध्यम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३, उदयपुर हो । सो क्षेत्रमा दिनहुँ जसो सयौंको सख्यामा ट्राक्टर, ट्रक, टिप्पर लगायतका सवारी साधन आवतजावत गर्नेगर्छन् ।