चुनावी सुरक्षा

बाँकेका ११२ मतदान स्थल संवेदनशील


बाँकेका ११२ मतदान स्थल संवेदनशील

File Photo

नेपालगन्ज ८ चैत्र : बाँकेका ८ पालिकामा कायम गरिएका १३६ मतदान स्थलमध्ये ११२ मतदान स्थल अति संवेदनशील र २४ वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेकोछ ।

स्थानीय तहको निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।

उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि ७५ जनाको रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा २५–२५ जना गरी ७५ जनाको रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ । यसका अलावा निर्वाचन अवधिमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।