नेपालगन्ज १० वैशाख : पशुपतिनाथ मन्दिर काठमण्डौंका मुल भट्ट राबल गणेश भट्टले जानकी गाउपालिका वडा नम्बर–६ गनापुरमा शनिधाम मन्दिरको शिलान्यास गरेकाछन् ।
मन्दिरको शिलान्यास गर्दै मुल भट्टले शनि मन्दिर निर्माणले नेपालगन्ज क्षेत्रको धार्मिक पर्यटनको बिकासमा महत्वपुर्ण योगदान पुर्याउने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले शनि मन्दिर निर्माणमा भक्तजनहरुका साथ र सहयोग आवश्यक रहेको बताए । जानकी गाउँपालिकाका प्रमुख स्वर्गीय रामसुरेश यादब र उनका परिवार र गाउँलेहरुको सहयोगमा शनि मन्दिरका निर्माणका लागि नेपालगन्ज –कोहलपुर सडक खण्डसंग जोडिएको करिब ९ कठ्ठा जग्गा प्राप्त भएको हो ।
मन्दिरमा ७ फिटको शनिको मुर्ति रहने छ । मन्दिरसंगै धर्मशाला पनि निर्माण हुने छ । शनि मन्दिरमा नियमित रुपमा भण्डारा सञ्चालन हुने शनि मन्दिर निर्माणमा सकृय बाबा भिमले जानकारी दिए ।
नेपालगन्जका भक्तजन टेकबहादुर खड्का, सुर्यमणी अधिकारी, दीपक खड्का र किशनगुरुङ लगायतका भक्तजनहरुको साथ र सहयोगमा शनि मन्दिर निर्माण शुरु भएको बाबा भिमले बताए ।