फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न


फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न

नेपालगन्ज १० वैशाख: बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भंटराई, नेपाल खेलकुद पत्रकार मञ्च बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरे लगायतले बाँके जिल्ला फुटबल संघको निर्वाचन कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

नवनिर्वाचित बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको फुटबलको विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताएका छन् । पछिल्लो समय बिसम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले अबको नयाँ टिमले त्यसलाई पुर्ति गर्ने बताए ।

उनले भने, ‘म धेरै खुसी छु । हाम्रो टिममा सबै युवाहरु नेतृत्वमा आउनु भएको छ । अब बाँकेको फुटबलको भविष्य यो टिमको हातमा छ । मैले तेस्रो पटक अध्यक्षको जिम्मेवारी लिए । अब म अभिभावक भएर काम गर्न चाहन्छु । नयाँ पुस्तालाई आफनो क्षमता देखाएर काम गर्ने यो उत्कृष्ट अवसर हो । अब विगतको जस्तो फुटबलमा हुँदैन । हामी सबै मिलेर फुटबलको विकास गर्ने हो । एकवद्ध भएर हामी फुटबलको नयाँ योजना बनाएर अगाडी बढने प्रतिवद्धता गर्दछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा खेलपत्रकार जयनारायण शाहले अहिलेको निर्वाचित कार्यसमितिलाई फुटबललाई योजनावद्ध रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको बताए । उनले भने,‘विगतमा के कति उपलब्धी भए । त्यसको समिक्षा होला तर, अबको नयाँ टिमलाई जसरी पनि फुटबललाई चलायन बनाउनु पर्नेछ । फुटबल विकासका योजना सफल बनाउनु पर्नेछ । त्यसमा कुनै बहाना र छुट पाउने छैन अहिलेको टिम । म राम्रो नतिजा र सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।’

फुटबलको विकासका लागि पत्रकार र फुटबलकर्मी सधै एकै ठाउँमा भएर काम गरेको पत्रकार गैरेले बताए । उनले भने,‘फुटबलको विकासमा भोजराज सहितको टिमको धेरै ठुलो योगदान छ । लगानी छ । बाँकेको फुटबलले सहि नेतृत्व पाएको छ । अब यसले सबैलाई एकतावद्ध गराउँदैं फुटबल विकासमा जोडनु पर्छ ।’

अधिवक्ता भट्टराईले फुटबलले समाजलाई एकताको सुत्रमा बाध्ने काम गरेको भन्दै सानै उमेरदेखी बालबालिकालाई फुटबल खेल्नमा प्रेरित गर्नु पर्ने बताए ।