पोर्चुगिज फुटबल स्टार क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनको डिएनए संकलन गर्ने भएको छ।
अमेरिकाको लस भेगासस्थित प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी पठाएको छ।
३३ वर्षीय रोनाल्डो अहिले इटालियन क्लब यूभेन्टसबाट व्यवसायिक फुटबल खेल्छन्।
पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन्।
सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ।
सुरूमा क्याथरिनले लगाएको आरोपबारे प्रहरीले अनुसन्धान टुंग्याएको थियो। किनकी उनले आफूलाई युरोपेली फुटबलरले बलात्कार गरेको बताएकी थिइन् तर नाम तोकेकी थिइनन्।
गत अगस्टमा उनका वकिलले रोनाल्डोले क्याथरिनलाई बलात्कार गरेको र कुरा गोप्य राख्न ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै मुद्दा हालेपछि प्रहरीले फेरि अनुसन्धान अघि बढाएको हो।