कम्पलेक्सदेखि स्मार्ट सिटिसम्म स्थानीय तहको प्राथमिकतामा
नेपालगन्ज : आर्थिक वर्ष २०७६/०७७ का लागि बाँकेका आठवटै स्थानीय तहले ५ अर्ब बढी बजेट सार्वजनिक गरेकाछन् । आगामी आर्थिक वर्षका लागि बाँकेका आठ वटा स्थानीय तहले ५ अर्ब ८० करोड ७४ लाख ८२ हजार ४ सय २२ रुपैयाँ छुट्याएको हो । यो समाचार तयार पार्दासम्म बाँकेको बैजनाथ गाँउपालिकाको आगामी वर्षका लागि प्रस्तावित बजेट प्राप्त हुनसकेन । जसका कारण यो रकम अझ बढ्नेछ ।
बाँकेका विभिन्न स्थानीय तहले मङ्गलबार नगर तथा गाँउ सभाको आयोजना गरि सो रकम प्रस्ताव गरेकाहुन् । उक्त रकमबाट कम्पलेक्सदेखि स्मार्ट सिटी निर्माण समेत गरिनेछ । आगामी वर्षकालागि प्रस्तावित स्थानीय तहका बजेटहरुमध्ये नेपालगन्ज उपमहानगरपालिकाले सवैभन्दा बढि रकम प्रस्ताव गरेको पाइएकोछ ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी वर्षका लागि २ अर्व २८ करोड ५८ लाख ५४ हजार बजेट प्रस्ताव गरेकोछ ।
चालुतर्फ १ अर्व २१ करोड ४७ लाख ७२ हजार तथा पुजीँगततर्फ १ अर्व ४ करोड ३७ लाख ८१ हजार ६ सय र वित्तियतर्फ ३ करोड गरि २ अर्व २८ करोड ५८ लाख ५४ हजार बजेट प्रस्ताव गरेको हो ।
प्रस्तावित जम्मा बजेटलाई प्रतिशतमा हेर्दा नेपालगन्ज उपमहानगरपालिकाले चालुतर्फ ५३ दशमलव शून्य आठ प्रतिशत, पुजीँगततर्फ ४५ दशमलव ६१ प्रतिशत र वित्तियतर्फ १ दशमलव ३१ प्रतिशत रकम हुन आउँछ ।
उपमहानगरपालिकाले मङ्गलबार नगरसभामा प्रस्तुत बजेटमा सवैभन्दा बढि बजेट वडा नम्बर २० र सवैभन्दा कम बजेट वडा नम्बर २३ लाई छुट्याइएकोछ ।
सवैभन्दा बढि रकम पाएको वडा नम्बर २० ले आगामी आर्थिक वर्षका लागि १ करोड ७५ लाख ८७ हजार प्रस्तावगरिएको छ भने सवैभन्दा कम वडा नम्बर २३ लाई ८५ लाख ३८ हजार बजेट प्रस्ताव गरिएको पाइएकोहो ।
आगामी आर्थिक वर्षका लागि उपमहानगरपालिकाले तय गरेको वडा अनुसारको बजेटमा वडा नम्बर १ लाई १ करोड ५१ लाख २ हजार, वडा नम्बर २ लाई १ करोड ३९ लाख ३६ हजार, वडा नम्बर ३ लाई १ करोड ९३ लाख ८ हजार तथा वडा नम्बर ४ लाई १ करोड ६४ लाख ३ हजार बजेट छुट्याइएकोछ ।
यसैगरी वडा नम्बर ५ लाई १ करोड १७ लाख २७ हजार, वडा नम्बर ६ लाई १ करोड ११ लाख ३२ हजार, वडा नम्बर ७ लाई १ करोड १७ लाख ८ हजार र वडा नम्बर ८ लाई १ करोड १० लाख ९२ हजार बजेट प्रस्ताव गरिएको हो ।
आगामी वर्षका लागि नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर ९ लाई १ करोड १० लाख ५८ हजार, वडा नम्बर १० लाई १ करोड ५० लाख ९३ हजा, वडा नम्बर ११ लाई १ करोड २३ लाख ३६ हजार, वडा नम्बर १२ लाई १ करोड ३६ लाख २६ हजार र वडा नम्बर १३ लाई १ करोड २८ लाख ५५ हजार बजेट प्रस्ताव गरिएको हो ।
यस्तै वडा नम्बर १४ लाई १ करोड ९९ लाख ३ हजार, वडा नम्बर १५ लाई १ करोड १७ लाख ५२ हजार, वडा नम्बर १६ लाई १ करोड २६ लाख ४६ हजार, वडा नम्बर १७ लाई १ करोड २३ लाख २५ हजार र वडा नम्बर १८ लाई १ करोड ६२ लाख ७८ हजार बजेट प्रस्ताव गरिएको छ ।
आगामी वर्षकै लागि उपमहानगरपालिकाले वडा नम्बर १९ लाई १ करोड ३० लाख ५४ हजार, वडा नम्बर २० लाई १ करोड ७५ लाख ८७ हजार, वडा नम्बर २१ लाई १ करोड २४ लाख ३७ हजार, वडा नम्बर २२ लाई १ करोड ११ लाख ४१ हजार र वडा नम्बर २३ लाई ८५ लाख ३८ हजार बजेट प्रस्ताव गरिएकोछ ।
उपमहानगरपालिकाले प्रस्तावित गरेको नीति तथा कार्यक्रमबाट बागेश्वरी मन्दिर नजिक सात तले बागेश्वरी कम्पलेक्स बनाउनेदेखि स्मार्ट सिटि बनाउनेमा बजेट खर्चिने जनाएकोछ ।
यस्तै वडा नम्बर १४ मा सात सय क्षमताको निर्माणधिन सभाहल निर्माण, साना तथा महिलाले चलाएका उद्योगलाई करमा बिशेष छुट दिदै मानव स्वास्थ्यमा असर पार्ने सुर्ती, मदिरा, प्लाष्टिक र इटाजन्य उद्योगमा भने कर बृद्धि गर्ने नीति अपनाउने उपमहानगरपालिकाले योजना अघि सारेको ।
यस्तै मङगलबार कोहलपुर नगरपालिकाले ८० करोड ६१ लाख १७ हजार ४ सय २२ रुपैयाँ प्रस्ताव अघि सारेको । जसमा चालुतर्फ १४ करोड ७७ लाख ६१ हजार रुपैयाँ तथा पुजीँगततर्फ ५३ करोड २१ लाख ४७ हजार ६ सय ६ रुपैयाँ गरि ८० करोड ६१ लाख १७ हजार ४ सय २२ रुपैयाँ प्रस्ताव गरेको हो । कोहलपुर नगरपालिकाको नगरसभामा प्रस्तुत निति तथा कार्यक्रममा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।
संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि देशभरका सवै स्थानीय तहलाई मंगलबारसम्मको समय सीमा तोकेको थियो । यसअघि स्थानीय तहहरुले संघ र प्रदेशको बजेटपछि स्थानीय तहको बजेट बनाउनु पर्ने र त्यसको समय सीमा कम भएको भन्दै समयसीमा बढाउन आग्रह गरेका थिए । तर, संघीय सरकारले मङगलबारकै दिन नीति तथा कार्यक्रम र बजेट ल्याउन निर्देश गरेपछि बाँकेका आठवटै स्थानीय तहले अन्तिम समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
यसैगरी ६ वटा गाँउपालिकाहरुमध्ये सवैभन्दा बढि राप्ती सोनारी गाँउपालिकाले बजेट प्रस्ताव गरेकोछ । आगामी वर्षका लागि राप्तीसोनारी गाँउपालिकाले ७२ करोड ६ लाख ३२ हजार रकम प्रस्ताव गरेको छ । गाँउसभामा प्रस्तु बजेटले यसवर्ष आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई जोड दिएको छ ।
त्यस्तै जानकी गाँउपालिकाले ५१ करोड ५१ लाख ५१ हजार रकम प्रस्ताव गरेकोछ । जसमा चालुतर्फ ८ करोड ५ लाख ५० हजार तथा पुजीँगततर्फ ४३ करोड ५० लाख १ हजार रकम प्रस्ताव गरेको हो । सो रकम गतवर्ष भन्दा ११ करोड ६१ लाख १४ हजार ७ सय ५६ रुपैयाँले बढिछ । गाँउपालिकाले आन्तरिक आयतर्फ १५ प्रतिशत सम्म करको दर वृद्धि गरी थप करको दायरा बढाई ३ करोड ४७ लाख ६६ हजार पु¥याउने अनुमान गरिएको छ ।
मङ्गलबार भएको गाँउ सभाबाट खजुरा गाँउपालिकाले ६६ करोड २६ लाख ६५ हजार बजेट प्रस्ताव अघि सारेकोछ । गाँउसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नागरिकको जीवनस्तर विकासगर्दै उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकासगरिनेछ ।
नागरिकको गुणस्तरीय स्वास्थ्यमा पहुँच, आधारभूत शिक्षालाई थप सुदृढ, वातावरण संरक्षण र विपद् व्यवस्थापनको पूर्वतयारी, न्यूनीकरण गर्दै कृषि तथा पर्यापर्यटनलाई प्रवद्र्धन गर्ने, सुशासन र जवाफदेहिता प्रवद्र्धन गर्ने लक्ष्य राखिएकोछ ।
यस्तै डुडुवा गाँउपालिकाले ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्ताव गरेको पाइएकोछ । आगामी वर्षका लागि प्रस्तावित बजेटबाट गाउँपालिकाले शिक्षा आर्जनका लागि कन्या मुद्दती शिक्षा योजना ल्याएको छ ।
उक्त योजनामा गाउँपालिकाले ५ हजार र अभिभावकले ५ हजार गरि १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ । यस्तै अपागंता भएकाहरुलाई सेवा सुविधा,
सरकारी, ऐलानी, प्रति तथा सार्वजनिक जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यन्वयन गरि कृषिमा आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, विपत प्रकोपको व्यवस्थापन तथा जोखिम न्यूनीकरण, वन वातावारणको विकासलाई पहिलो प्राथमिकतामा राखेकोछ ।
बाँकेको बघौडाक्षेत्र नरैनापुर गाँउपालिकाले ४३ करोड ३४ लाख १ हजार बजेट प्रस्ताव गरेको पाइएको छ । नरैनापुर गाँउपालिकाले आगामी वर्षका लागि अघि
सारेको बजेट प्रस्तावमा पूर्वाधार विकासतर्फ १३ करोड ६५ लाख ५० हजार, शिक्षातर्फ ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यतर्फ १ करोड ३२ लाख ४० हजार तथा कृषीमा ९४ लाख बजेट प्रस्ताव गरेको हो । पूर्वाधार विकास गर्दै प्रस्तावित बजेटले शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको पाइएकोछ ।