बाँकेका कुन वडामा कसले जिते ? (विस्तृत)

राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त र मनिषासिंह विजयी


बाँकेका कुन वडामा कसले जिते ? (विस्तृत)

नेपालगन्ज ३ जेठ : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्र्तगत यतिबेला बाँकेमा मतगणना जारीछ । बाँकेका ८ पालिकाको ८१ वडामा भएको निर्वाचनमा मङ्गलबार बेलुका (८ बजेसम्म) प्राप्त अपडेट अनुसार ३४ वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ ।

जसमा एमालेले १०, माओवादी केन्द्रले ९, काँग्रेसले ८, जसपाले ५ र राप्रपाले २ वटा वडा जितेका छन् । ८ पालिका मध्ये एक पालिकाको अध्यक्ष, उपाध्यक्षसहित सबै वडाको नतिजा आएकोछ । जसमा काँग्रेसले देशकै सबैभन्दा ठूलो गाउँपालिका राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेकोछ । राप्तीसोनारीको अध्यक्षमा काँग्रेसका तप्त पौडेल र मनिषासिंह थारु विजयी भएकाछन् ।

कसले कहाँ जिते ?

नेपालगन्ज उपमहानगरपालिका (२३ वडा)

Kanti Aarogya Hospital Nepalgunj

१. नेपालगन्ज उपमहानगरपालिका १ मा एमालेका प्रमोद रिजाल विजयी
२. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी
३. नेपालगन्ज ३ मा माओवादी केन्द्रका मोहम्मद अयुव सिद्दिकी विजयी
४. नेपालगन्ज ४ मा माओबादी केन्द्रका गोपाल पुन विजयी
५. नेपालगन्ज ५ मा जसपाका सराफत हुसैन शेष विजयी
६. नेपालगन्ज ६ मा एमालेका समीरप्रताप सिंह विजयी
७. नेपालगन्ज ७ मा एमालेका प्रशान्त श्रेष्ठ विजयी
८. नेपालगन्ज ८ मा राप्रपाका रजनीश वाजपायी विजयी
९.नेपालगन्ज १९ मा काँग्रेसका परसराम कुर्मी विजयी
१०. नेपालगन्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित
११. नेपालगन्ज २१ मा काँग्रेसका राजकुमार साहु निर्वाचित
१२. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी
१३. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

कोहलपुर नगरपालिका (१५ वडा)

१. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी विजयी
२.कोहलपुर २ मा काँग्रेसका हरिसिंह कठायत विजयी
३.कोहलपुर १४ मा काँग्रेसका नम बहादुर आले मगर विजयी
४.कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी विजयी

राप्तीसोनारी गाउँपालिका (९ वडा)

राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका तप्त पौडेल र मनिषासिंह थारु विजयी भएकाछन् ।

१. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी
२. राप्तीसोनारी गाउँपालिका २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली (ज्ञानु) बिजयी
३.राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी
४.राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी
५.राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
६. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित
७. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित
८. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित
९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

जानकी गाउँपालिका (६ वडा)

१. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मोहम्मद रजा राई बिजयी
२. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिकाप्रसाद गुप्ता विजयी

खजुरा गाउँपालिका (८ वडा)

१.खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री विजयी
२.खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम ओली विजयी
३.खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित
४.खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री विजयी

डुुडुवा गाउँपालिका (६ वडा)

१. डुडुवा गाउँपालिका १ मा काँग्रेसका पटेश्वरी कुर्मीको विजयी
२. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित
३. डुडुवा गाउँपालिका ३ मा जसपाका अमोद कुमार तिवारी विजयी
४. डुडुवा गाउँपालिका ५ मा एमालेका झंकबहादुर थापा विजयी
५. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

बैजनाथ गाउँपालिका(८ वडा)

१.बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल विजयी

नरैनापुर गाउँपालिका(६ वडा)

मत गणना जारी ।