निर्वाचनमा अन्तरघात गरेको भन्दै नगर कमिटि इन्चार्ज सहित १८ जनालाई कारबाही


निर्वाचनमा अन्तरघात गरेको भन्दै नगर कमिटि इन्चार्ज सहित १८ जनालाई कारबाही

गुलरिया (बर्दिया) १२ जेठ : स्थानीय तहको निर्वाचनमा पार्टिलाई अन्तरघात गरेकोमा नेकपा एमाले बर्दियाले नगर कमिटि इन्चार्ज सहित १८ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेकोछ ।

नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको र पार्टिका उमेदवारलाई हराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै गुलरिया नगर कमिटिका इन्चार्ज सहित १८ जनालाई कारबाही गरेको हो ।

कारबाहीमा परेका मध्ये अधिकांशलाई पार्टिको साधारण सदस्य समेत नरहने गरी निष्काशन, निलम्वन र स्पष्टिकरण सोधिएको छ ।

नेकपा एमाले जिल्ला कमिटि बर्दियाले गुलरिया नगरपालिकाका १४ जना, बारबर्दिया नगरपालिकाका ४ जनालाई कारबाही गरेको हो । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टिका आधिकारीक उमेदवारलाई हराउनको लागी उमेदवार विरुद्ध मतदाता समक्ष भ्रम सिर्जना गरेको तथा पार्टिको लागी प्रचार प्रसारमा उल्लेखनीय भुमिका नखेलेको भन्दै कारबाहि गरीएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

साथैै आफ्नै पार्टिका उमेदवारलाई हराउनका लागी विपक्षी उमेदवारलाई जिताउन प्रचार गरी पार्टिको गरिमामा आँच पुर्याएकोले नेकपा एमालेको विधान २०४९ अनुसार कारबाही गरेको एमाले बर्दियाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सहजै जित निकाल्ने अवस्थामा पनि अन्तरघात भएपछि निर्वाचनमा अपेक्षित परिणाम नआउँदा अन्तरघातिलाई कारबाही गरिएको बताएकोछ ।

स्थानीय तहको निर्वाचनमा गुलरिया नगरपालिका र बारबर्दिया नगर पालिकामा नेकपा एमाले दोस्रो भएको छ ।