एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु


एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

प्रा. डा. सुदन झा

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो । वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उसको भविष्य निर्माण गर्दछ । तर अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा प्लसटू गर्ने हुन, विद्यार्थीलगायत अभिभावकका लागि पनि उत्तिकै चिन्ता को विषय रहेको हुन्छ, यसै सन्दर्भमा यहाँ केही सल्लाह तथा सुझाव दिने प्रयास गरिएको छ ।

प्रथमतः ती विद्यार्थीहरुले उच्च पढाइ गर्नका निम्ति र एसइईदेखि प्लसटू सम्म पुग्नका निम्ति छोटो समयका कोर्सहरु जसलाई ‘Bridge Course’ पनि भनिन्छ, त्यस्ता कोर्स गर्नु अति आवश्यक देखिन्छ । यसले पछि ती विद्यार्थीहरुलाई +२ मा गएर पठनपाठनमा ठूलो मद्दत पुग्ने छ । प्रायः ती विद्यार्थीहरुका लागि लगभग ३ महिनाको समय खालि रहेको हुन्छ र यस्ता ब्रिज कोर्स गर्नाले समयको पनि सदुपयोग हुने र प्लसटूका लागि अभ्यास पनि हुने देखिन्छ । धेरै विद्यार्थीले ब्रिज कोर्स गरिसकेका पनि छन् । 
आजभोलिका विद्यार्थीहरु करिअरको मामिलामा निकै सचेत रहेको देखिन्छ । अहिलेलाई उनीहरुका लागि विज्ञान संकाय, व्यस्थापन संकाय, मानवीय संकायजस्ता प्रचलित कोर्सहरुका लागि आफ्नो रुचिअनुसार प्लसटू रोज्न सक्छन् । तर त्यसपछिका उच्च तहका परीक्षाहरु जस्तै इन्जिनियरिङ, मेडिसिन आदिका लागि पनि त्यहीअनुरुप तयार पर्दै लैजानुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण रहन जान्छ । त्यसैले एसइईपछि अगाडि बढ्नुभन्दा अगाडि ती विद्यार्थीहरुले निम्न कुराहरुमा ध्यान दिनु अति आवश्यक छ ।

१. लक्ष्य
हरेक विद्यार्थीको सानैदेखिको केही बन्ने सपना हुन्छ । प्रायः जसो आमाबुबाले तिनका सपना राम्ररी बुझेका पनि हुन्छन् । त्यसैले आमाबुबाको एउटा महङ्खवपूर्ण काम भनेको यदि उनका छोराछोरी डाक्टर पढ्न चाहन्छन् भने उनलाई प्लसटू को विज्ञान र त्यसमा पनि बायोलोजी समूहमा भर्ना गराउनुपर्छ भन्ने कुराको ज्ञान हुनु जरूरी छ ।

२. उक्त कोर्सको भविष्य के त?
आजभोलि डाक्टर र इन्जिनियरिङ गर्नेहरु थुप्रै भइसकेका छन् । काठमाडौंमा मात्रै ४५ वटा भन्दा बढी इन्जिनियरिङ कलेज र त्यसैगरी गल्लीगल्लीमा अस्पताल, नर्सिङ होम आदि खुलेका छन् । तर, के सबै विद्यार्थीको चाहना भनेको डाक्टर र इन्जिनियरिङ नै हुन् त ? यसो सरसर्ती हेर्दा र यो लेखकले करिब ३० देखि ४० प्रतिशत एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुको मनोकांक्षा बुझ्न खोज्दा उनीहरु डाक्टर र इन्जिनियरिङभन्दा पनि कुनै नयाँ विषय गर्न चाहेको बताए र अझ विशेषगरी आजभोलि सबैको मुखमा रहेको आइटीसम्बन्धी नयाँ कोर्सहरु गर्न लालायित भएको अनुभव गरियो ।

Kanti Aarogya Hospital Nepalgunj

३. क्षमता 
कुनै पनि विद्यार्थीहरुले म यो विषय नै पढ्छु भन्दैमा उसले त्यो विषयमा दक्ष्यता हासिल गर्न सक्छ कि सक्दैन –यो कुरा जान्नु पनि उत्तिकै महङ्खवपूर्ण हुन जान्छ । किनभने कतिपय सन्दर्भमा कलेजले थुप्रै विद्यार्थी जोशका साथ भर्ना त गराउँछन् । तर, ती विद्यार्थी बीचमै पढाइ गर्न नसकेर अन्तै र अर्कै कोर्स पूरा गर्न जाने देखिएको छ । यस कुराको जिम्मेवारी लिने काम हो कलेज तथा त्यस्ता पठनपाठन गराउने संस्थाहरुको हो । यसका लागि उसले प्रवेश परीक्षाबाहेक विद्यार्थीको मनोबल आदि कुराहरु पनि जाँच गर्नुपर्छ ।

४. गलत अवधारणा
कतिपय विद्यार्थीहरुको सोच कस्तो हुन्छ भने सजिलो र सस्तो कोर्स गर्ने, जसमा मेहनत कम लागोस् र सजिलै पास पनि भइयोस् आदि । अझ कतिपयले त्यस्ता विषय रोज्नुको कारण के पनि भन्ने गर्छन् भने यो कोर्स पूरा गरेपछि व्यापारमा ठूलो सफलता पाइन्छ रे । त्यही भएर त्यो कोर्स रोजेको ? यो एकदमै गलत सोचाइ र अवाधरणा हो ।

नेपालमा एसइईपछि पढाइ हुने विषय के के हुन् त ?

१. प्लस टु
प्लस टु तहमा अध्यापन हुने विषय निम्नानुसार छन् ।

क. विज्ञान संकाय
प्रायः जसो विद्यार्थीहरुले रोज्ने विषय नै विज्ञान हो । यो विषय सकेपछि मात्रै उनीहरु डाक्टर र इन्जिनियरिङजस्ता स्नातक तहका कोर्स गर्न सक्षम हुन जान्छन् । यति मात्र नभई उनीहरु डाक्टर र इन्जिनियरिङबाहेक अरु पनि थुप्रै क्षेत्रमा जान सक्छन् । जस्तै नर्सिङ, पाइलट, फार्मे्सिस्ट आदि । त्यसमाथि सरकारले पनि यससँग सम्बन्धित अन्य थुप्रै कोर्सहरुका लागि बाटो खुला गरिदिएकाले पनि यसको क्रेज बढेको हो ।

उदाहरणका लागि यदि कुनै विद्यार्थी डाक्टर पढ्न नपाएको खण्डमा मान्यताप्राप्त अन्य कोर्सहरु जस्तै B.Cs. (माईक्रोबायोलोजी, फर्माकोलोजी, मेडिकल टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, बायो केमिस्ट्री आदि कोर्स निसंकोच पढ्न पाउँछन् । यिनका बजारमा अभूतपूर्व रुपले जनशक्तिको माग पनि भइरहेको देखिन आएको छ । त्यस्तै गरी जो विद्यार्थी फिजिकल समूहमा भर्ना भएका हुन्छन् । उनका लागि त थुप्रै इन्जिनियरिङका कोर्स उपलब्ध छन् । जस्तै सिभिल, कम्प्युटर, मेकानिकल आदि ।

ख. व्यवस्थापन संकाय 
यो संकायअन्तर्गत विद्यार्थीहरुले व्यापार, ट्रेड, लेखसम्बन्धी ज्ञान हासिल गर्छन् । यसको विशेषता भनेको यो विषयमा होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, मार्केटिङ, बिजनेस म्याथ आदि जस्ता व्यापारमा उल्लेखनीय रुपमा प्रयोग हुने विषयहरु पनि पढ्न पाइन्छ । त्यसपछि उनीहरुले आआफ्नो भविष्यका लागि कुन विषयमा क्यारियर बन्न सक्छ भन्ने आभास पाइसकेको हुनुपर्छ ।

ग. मानविकी संकाय
यो विषय माथि भनेका भन्दा अलि फरक छ । यसमा संस्कृति, मानवीय संसाधन, सामाजिक शिक्षा, नृत्य, संगीत, राजनीति, सामाजिक कार्यहरु, ग्रामीण क्षेत्रको विकास आदि पर्न जान्छ

२. ए लेभल
यो कोर्स युकेको क्याम्ब्रिज विश्वविश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको कोर्स हो । आजभोलि प्रायःजसोको ध्यान यसमा बढ्दै गएको देखिन्छ । यो कोर्स अन्तर्गत विद्यार्थीहरुले थुप्रै विषयहरुमा पढ्न पाउने भएर पनि र आफ्नो रुचिअनुसारको विषयहरु पनि उनीहरुले पाउने हुनाले होला यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो । यसको अर्को विशेषता भनेको कुनै पनि विद्यार्थीले फिजिक्स सँगसँगै सोसोलोजी पनि लिन सक्छन् । अर्थात् कुनै पनि संकायको कुनै पनि विषय उनीहरुले आफ्नो रुचिअनुसार लिन सक्छन्।

३. आइबी (International Baccalaureate)
अर्थात् यो एउटा विनानाफाको संस्था हो, जुन १९६८ मा स्वीट्जरल्यान्डको जेनेभामा स्थापना भएको हो । यसका विषयवस्तुहरु अलि फरक छन् । यसमा अन्तरसंस्कृतिसम्बन्धी पढाइ हुने गर्छन्, जुन अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो मूल्य छ ।

४. शिक्षा
यो अलि फरक कोर्स हो, जुन माध्यामिक स्तरका विद्यार्थीहरुलाई लक्षित गरी बनाईएको हो । जो विद्यार्थी भविष्यमा शिक्षक नै हुन चाहन्छन्, उनका लागि यो कोर्स अति उपयोगी हुन सक्छ । यो कोर्स उच्च माध्यमिक विद्यालयहरुले मिलेर खोलेका हुन्। यसका लागि आवश्यकता अनुसार शिक्षा मन्त्रालयले शिक्षक प्रशिक्षण कार्यक्रम पनि राख्ने गरेका हुन्छन्।

५. फरेस्ट्री
नेपालमा फरेस्ट्रीको क्षेत्रमा हेर्ने हो भने लाग्छ, नेपालीहरुले भन्दा विदेशीले बढी बुझेका छन् । लाखांै डलर फरेस्ट्रीमा लगानी भइसकेको अवस्थामा पनि हामी नेपालीहरुको योग्यताका कमीले गर्दा विदेशबाट मानिसहरु आएर यहाँ शोध गरिरहेको देखिन्छ ।

अथवा फरेस्ट्रीसँग सम्बन्धित काम गरिराखेको देखिन्छ । नेपालमा हाल २ वटा शैक्षिक संस्था छन्, जसले फरेस्ट्रीसम्बन्धी आधिकारिक रुपले पढाउने तथा मान्यताप्राप्त सर्टिफिकेट दिने गर्दछन् (एउटा हेटांैडा र अर्को पोखरामा) । यो डिग्री हासिल गरेर तपाईंले विदेशीले ल्याउने विभिन्न प्रोजेक्टहरुको फरेस्ट्रीसम्बन्धी विभिन्न कामहरुमा आफ्नो रोजगारी प्राप्त गर्न सक्नुहुन्छ र विचार गर्नुहोस् यो क्षेत्रमा दक्ष जनशक्तिको एक दमै कमी छ ।

६. होटेल व्यवस्थापन
नेपालले पर्यटकीय दृष्टिकोणले फड्को मार्दै छ । उदाहरणस्वरुप यसका लागि हरेक २-३ दिनमा नयाँ ठूलाठूला होटेल तथा रिसोर्ट खुलिरहेको कुराबाट हामी सबै अवगत नै छौं । तर, ती होटेलहरुका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको भने अत्यन्त अभाव देखिन्छ । यो विषयसम्बन्धी कलेजहरु नेपालमै उपलब्ध छन् । पढाइ गर्न मिल्ने त्यस्ता कलेज नाथम (नेपाल एकेडेमी या टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट) एउटा हो, प्रवीणता प्रमाणपत्र तहको पढाइ हुने यो कलेजमा यो डिग्री हासिल गरिसकेपछि विद्यार्थी आफैले बुझ्नेछन् । यसको स्कोप कत्तिको रहेछ भनेर ।

७. संस्कृत
सुन्दा अचम्म लाग्ला किनभने आजको जेनेरेसन प्रविधितिर उन्मुख भइरहेको बेलामा यो संस्कृतको कुरा कहाँबाट आयो भनेर ? त्यसमा पनि लोप हुने अवस्थामा कसरी उल्लेख गरियो भनेर ? तपाईं भाइबहिनीहरुलाई विश्वास लाग्दैन होला, जर्मनीमा मात्रै संस्कृतसँग सम्बन्धित १७ वटा विश्वविद्यालय छन् । अर्थात् नेपालमा यो विषयको महङ्खव जसरी न्यून भएर गएको छ, त्यही विषय नेपालबाहिरका देशहरुमा यसको महङ्खवले आकाश छोएको छ । कतिपय विदेशी देशहरुमा त यो विषय पढाइ नै हुन्छ र अझ कतिपय विदेशी भाषाहरु संस्कृतबाटै आएको भन्ने कुरा प्रमाणित भइसकेपछि त झन् यसमा ठूलो लगानी लाग्न थालेको छ । यस विषयमा ठूलो लगानीका साथ शोधहरु भइरहेका छन् ।

आउँदा दिनमा ती सबै शोधले नेपाललाई नै आफ्नो गन्तव्य बनाउने कुरामा दुईमत छैन । नेपाल नै मुख्य स्रोत हो भन्ने कुरा मानेर उनीहरुले भविष्यमा यही काम गर्ने प्रायः निश्चित छ । यो परिप्रेक्ष्यमा यो भाषामा ज्ञान हासिल गरेर दूरगामी अवसरलाई नियाल्न सकिन्छ । नेपालमै नेपाल संस्कृत विश्वविद्यालय छ जहाू शास्त्र तथा संस्कृतसँग सम्बन्धित सम्पूर्ण पढाइ हुन्छ, एकपटक यसलाई पनि विचार गर्नुहोला ।

८. सिटिइभिटीअन्तर्गतका कोर्सहरु
मुख्यतः घरेलु तथा साना उद्योगहरुलाई टेवा दिने उद्देश्यले यो परिषद्को स्थापना गरिएको हो । नेपालमा हाल आएर घरेलु व्यवसाय धेरै नै फस्टाइसकेका छन् । त्यस्ता उद्योगमा विशेषगरी विपन्न तथा मध्यमवर्गीय परिवारका लागि टेवा होस् भनेर त्यस्ता कोर्सहरु सिटिइभिटीले अधिकारिक रुपले पढाउने गरेको छ ।

अझै पनि विपन्न तथा मध्यमवर्गीय परिवारकै बाहुल्य रहेको हाम्रो समाजका धेरै विद्यार्थीहरुका लागि यो विषय पढ्ने नपढ्ने अन्योलको अवस्था आउन सक्ने कुरा स्वाभाविक हो । तर विस्तारै देशमा विदेशी लगानी बढ्दै गएको अवस्था, राजनीतिक स्थिरता आएको बेलामा ठूलाठूला उद्योगहरु आउने सम्भावना प्रबल छ । कतिपय त सुरुवात पनि भइसकेका छन् । त्यतिबेला स्वरोजगारको सरकारी नीतिअनुरुप मौका पाउने भनेको देशभित्रकै योग्य तथा दक्ष जनशक्तिले नै हो, त्यतिबेला मात्रै थाहा हुन्छ, यसको महङ्खव के रहेछ भनेर । त्यसैले यो कोर्स गर्नु व्यर्थ जाँदैन ।

९. पोलिटेक्निक
माथि भनिएजस्तै सिटिइभिटीले नै सञ्चालनमा ल्याएको पोलिटेक्निक कोर्सको पनि भविष्यमा उत्तिकै स्कोप छ । हाल ५ वटा विकाश क्षेत्रहरुमा पाँचवटा पोलिटेक्निकसँग सम्बन्धित पढाइ हुने संस्था छन् । साधारण औषधिसम्बन्धी ज्ञानदेखि लिएर फार्मेसी आदि जस्ता कोर्सहरु यसमा गराइन्छ । दिनानुदिन मेडिकल कलेज, क्लिनिक, नर्सिङ होम आदिहरु खुलेको अवस्थामा यो कोर्सले सानो तर महङ्खवपूर्ण भूमिका खेल्ने पक्का छ । यस्ता जनशक्तिको आवश्यकता मात्रै होइन, अपरिहार्य हुन जाने प्रायः निश्चित छ ।


यसबाहेक कम्प्युटरसम्बन्धी डिग्री हासिल गर्न त थुप्रै संस्था छन्, जसले विभिन्न स्तरमा कोर्सहरु गरिरहेका छन् । यहा उल्लेखनीय विषय के हो भने हतारमा कुनै पनि विषय रोलिहाल्नुअघि विशेषज्ञसँग सही रायसल्लाह लिएर त्यो विषयको महङ्खव कत्तिको छ, भविष्यमा त्यसले कत्तिको रोजगारीमा टेवा पु¥याउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ ।