ठाकुरद्वारा(बर्दिया) २० जेठ : विद्यालयलाई बालबालिका मैत्री बनाउनका लागी समन्वय तथा निति निर्माणको भुमिका प्रधानाध्यापकले नायकको भुमिका निर्वाह गर्नु पर्नेकुरामा जोड दिइएको छ ।
बाँके र बर्दियाका प्रधानाध्यापकहरुका लागी आयोजित २ दिने जिला स्तरीय क्षमता अभिबृद्धि तालिमको पहिलो दिनमा सो निष्कर्ष निकालिएको हो ।
शिक्षा विज्ञान तथा प्रबृद्धि मन्त्रालयका पुर्व उप सचिव एंव शिक्षा विद जितबहादुर शाहले विद्यालयमा शिक्षक विद्यार्थिका साथै अभिभावकले खेल्न सक्ने भुमिकाका विषयमा प्रकाश पारेका थिए ।
आफु खुसी हुन सके मात्र अरुलाई खुसी पार्न सकिने भएको हुँदा सकारात्मक सोँचका साथ कामको थालनी गर्नु पर्ने बताउँदै शिक्षा विद शाहले विद्यालयमा बालबालिका टिकाई राख्न प्रअहरुको महत्वपुर्ण भुमिका रहेको हुनाले थप गम्भीर हुनुपर्ने जोड दिए ।
प्रधानाध्यापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने तालिममा सहजीकरण गर्दै शाहले शिक्षा र खुसी एक अर्काको साहार भएको हुँदा दुवैलाईसंगै लिएर जाँदा ‘खुसीका लागी शिक्षा र शिक्षाका लागी खुसी’ हुन सक्ने बताए ।
‘मानिसको जिवनको अधिकतम लक्ष्य नै खुसी हुनु हो । सिकाइलाई खुसी सगसँगै र खुसीलाई पनि सिकाई सगसगंै सहयात्रीको रुपमा लिन सके मात्र ‘खुसिका लागी शिक्षा र शिक्षाका लागी खुसी’ सम्भव छ ।’ शाहले बताए ।
कार्यक्रममा जनज्योति मावि वड्डीचौर सुर्खेतका प्रधानाध्यापक नारायण प्रसाद सिग्देलले विद्यालय नमुना बनाउनका लागी गरिने क्रियाकलाप र सिकाईका विषयमा सहजीकरण गरेका थिए ।
ठाकुरबाबा नगरपालिकामा रहेको त्रिभुवन नमुना माविका प्रधानाध्यापक नन्दराम अधिकारीले विद्यालयलाई कसरी नुमना बनाउन सकिन्छ र यसमा प्रअको भुमिका कस्तो रहन्छ भन्ने विषयमा प्रष्ट्याएका थिए ।
स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले विद्यालय नुमना बनाउने र किशोरीलाई विद्यालयमा टिकाइराख्नको लागी प्रअ, शिक्षक, अभिभावक तथा विद्यार्थिको भुमिका कस्तो हुनुपर्छ भन्ने विषयलाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको बताए ।
प्लान नेपालको सहयोगमा स्याक नेपालद्वारा आयोजना गरिएको सिकाई परियोजना अन्तर्गत सो कार्यक्रममा बाँकेका ४ वटा विद्यालयका प्रअ तथा बर्दियाका २१ वटा विद्यालयका प्रअ गरी जम्मा २५ वटा विद्यालयका प्रअहरुको सहभागीता रहेको परियोजना अधिकृत लक्ष्मि प्रसाद शर्माले बताए ।
कार्यक्रम शनिबार समापन हुने र यसबाट विद्यालयलाई नमुना विद्यालय बनाउनका लागी सहयोग पुग्ने स्याक नेपालका कार्यसमिति सदस्य एंब परियोजना फोकल पर्शन कैलासमान श्रेष्ठले जानकारी दिए ।