धवल बने राप्रपा संगठन विभाग प्रमुख


धवल बने राप्रपा संगठन विभाग प्रमुख

नेपालगन्ज २४ जेठ : राप्रपा महामन्त्री डाक्टर धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित भएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डाक्टर रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर समेत रहेका डाक्टर राणा राप्रपामा प्रभावशाली नेताका रुपमा परिचित छन् ।