गुलरिया(बर्दिया) १६ असार : बालविबाह रोक्न र शारीरिक परिपक्कता नहुँदासम्म आमा बन्न योग्य नहुने भन्ने सन्देश सामुदायिक विद्यालयहरुमा दिइने गरिएको छ । तर, किशोर अवस्थामा प्रजनन र यौन स्वास्थ्यका विषयमा जानकारी नहुँदा बालविवाह बढ्दै गएको देखिएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि एक दिने मेलाबाट किशोरकिशोरीहरुले फाइदा लिएका छन् ।
किशोरकिशोरी बाल्यअवस्थाबाट किशोर अवस्थामा प्रबेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छ कम बोल्ने अप्ठेरो मान्ने भनेको नमान्ने पढ्न खासै मन नगर्ने साथी भाईसँग धेरै नजिक हुने, लागु औषधमा फस्ने पनि हुन सक्छन् साथै किशोर किशोरी अवस्थामा हुने शारीरिक परिर्वतनको समयमा कौतुहुलता बढ्ने विपरित लिङ्गप्रति आकर्षित हुने हुँदा त्यस अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी नभएको अवस्थामा बालविवाह हुने देखिन्छ ।
किशोर किशोरीको अवस्थामा अभिभावले आफ्ना बालबालिकालाई गम्भीर भएर सोच्नुपर्ने हुन्छ । किशोर अवस्था जिवनको सबै भन्दा महत्वपुर्ण पाटो हो । यो उमेरमा उनीहरुले जे जस्तो कुरा पनि सिक्छन् र त्यसले पछिको समयमा जीवनमै असर पारेको हुन्छ ।
अधिकांस किशोर किशोरीले आधा भन्दा बढि समय विद्यालयमा नै विताएका हुन्छन् । भनिएको छ विद्यालय दोस्रो घर हो, अझ कतिपय विद्यार्थीहरुलाई त होस्टलमा बस्नुपर्ने बाध्यता पनि हुन्छ ।
कामको फुर्सद नहुँदा अभिभावकले आफ्ना सन्तानलाई समय दिन नसकिरहेको हुँदा यस्तो अवस्थामा बालबालिका गलत बाटोमा जाने भएको हुँदा घरमा होस् वा विद्यालयमा यौन प्रजनन स्वास्थ्यका विषयमा जानकारी हुनु आजको आवश्यकता भएको नेरामाविका शिक्षक गीता खडकाले बताइन् ।
यौन स्वास्थ्य भन्नाले शारीरिक मानसिक र सामाजिक रुपले यौनिकताका सन्दर्भमा रहेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु हो भन्ने बुझिन्छ । यसले यौनिकता र यौन सम्बन्धमा सकारात्मक र सम्मानजनक दुष्टिकोणको अपेक्षा राख्दछ । यसमा कुनै जवरजस्ती वा भेदभावविनाको हिंसा रहित आनन्ददायी तथा सुरक्षित यौन व्यवहारको अनुभुति गरिन्छ । तर, किशोरकिशोरी अवस्थामा हुने परिर्वनमा नै शिक्षक एंव अभिभावकबाट यस विषयमा जानकारी नहुँदा बालबालिकाहरु विवाह बन्धनमा बाँधिन खोज्ने, आमा बन्ने तथा असुरक्षित गर्भपतन गराउने अवस्थामा पुग्नु नै किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि ज्ञान नभएकै कारण हो भन्न सकिन्छ ।
किशोर किशोरीहरुलाई विद्यालयमानै विभिन्न माध्यमबाट बालविवाह गर्नु हुदैन र यौन तथा प्रजननको विषयमा सन्देश दिने गरिएका कारण पनि बालविवाहमा कमि आएको कक्षा ९ मा अध्ययनरत विशाल हमालको भनाई रहेको छ ।
किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । किशोरावस्थामा शारीरिक तथा मानसिक परिर्वतन तीव्र रुपमा हुने हुँदा किशोरकिशोरीमा विभिन्न प्रकारको जिज्ञासा आउने गर्दछ ।
यतिबेला पर्याप्त मात्रामा सहि जानकारी भएन भने उनीहरुको जिवनमा धेर्र असरहरु जस्तै यौन जन्य रोगहरु लाग्ने बलात्कारतर्फ प्रबृत्त हुने, लागुपदार्थ दुव्र्यसनी बन्ने, पढाइमा कमजोर हुने गर्दछन् ।
त्यसैले किशोर अवस्थामा चिन्तित बनाउने र समस्या निम्त्याउन सक्ने भएको हुँदा किशोर किशोरीहरुको जिज्ञासा मेटाउन पनी जरुरी देखिन्छ । विशेषगरी माध्यामिक तहको विद्यालयमा किशोर अवस्थाका केटाकेटिहरु अध्ययन गर्ने किशोर अवस्थामा शारीरिक जन्य परिवर्तन मनोसामाजिक परिवर्तन संवेगात्मक परिवर्तन हुने गर्दछ । त्यस किसिमको परिर्वतनले विद्यार्थीहरुको शिक्षण सिकाई परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले उक्त एक दिने मेलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यायपक बामदेव ढकालले बताए ।
पूर्ण किशोराअवस्थामा केटीहरु १६ वर्ष देखि प्रबेश गरिसकेका हुन्छन भने केटाहरु १७ वर्ष देखि पुर्ण किशोरावस्थामा प्रबेश गर्दछन् । यस उमेरमा केटाकेटिहरुले आफनो शारीरिक बनोट उचाई, कपाल, तथा अनुहारको रंगप्रति धेरै ध्यान दिने गर्दछन् । यस्तो अवस्थामा विपरित लिंगका साथीप्रति आकर्षित गर्ने गर्दछ । आफ्नो छुट्टै परिचय बनाउछु भन्ने किसीमको भावणा पैदा हुने गर्दछ घर परिवार संग भन्दा एक्लै र एकान्तमा बस्ने ईच्छा जाग्दछ । यस उमेरमा केटाकेटिहरुले आफु ठुलो भैसकेको अनुभव गर्दछन् ।
लामो समय विद्यालय र साथीहरुसँग विताउने हुनाले उनीहरुमा साथीहरुको व्यवहार र गतिविधिको प्रभाव धेरै परिसकेको हुन्छ । महिनावारीको विषयमा बेलैमा राम्रो जानकारी नहुदा थुप्रै किशोरीहरु चिन्तित बन्न पुगेका हुन्छन् । उनीहरु यसलाई गम्भीर र अप्रिय कुरा मान्ने सक्ने भएको हुँदा यसरी महिनावारीप्रति उनीहरुमा नकारात्मक दृष्टिकोणको विकास हुन जान्छ । उनीहरु महिनावारीबाट असहज अनुभव गर्न थाल्छन् र यसलाई कुनै रोगजस्तै ठान्ने भएको हुँदा यस विषयमा विद्यालय तथा घर परिवारमा सहि खालको जानकारी दिइनु पर्दछ ।
१९ वर्ष पछि केटा र केटि दुवैमा शारीरिक मानसिक तथा व्यवहारिक रुपले परिपक्कता प्राप्त गरिसकेका हुन्छन् । त्यसैले २० वर्षदेखि माथिका केटाकेटिलाई बयस्क मानिन्छ । वयस्क अवस्थामा युवायुवतीहरु सुरक्षित यौन जीवन, वैबाहिक जिवनमा प्रवेश गर्ने सुखमय दाम्पत्य जिवन विताउन सक्षम हुन्छन् ।
त्यहि सन्देश दिनका लागी प्लान इन्टरनेशनल नेपाल, कोइका र गेरुवा ग्रामीण जागरण संघको साझेदारीमा बर्दियाका ४ वटा पालिकाका विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि काम गरिरहेको गेरुवा ग्रामीण जागरण संघका किशोर किशोरी यौन तथा प्रजनन स्थास्थ्य परियोजनाका संयोजक रामरुप कौशलले बताए ।
किशोर किशोरीहरुलाई नै लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्नुको कारण कशोरवस्था मानव जिवनको अत्यन्तै शंवेदनशील समय हो । यो उमेर अवधिमा विभिन्न शारीरिक मानसिक र सामाजिक परिर्वतनहरु हुन्छन् ।
किशोरीकिशोर शारीरिक रुपमा वयस्क देखिएपनि उसको सोँच विचार र भावणा केटाकेटिको जस्तो हुन्छ । निर्णय गर्ने क्षमता अपरिपक्क हुन्छ । विश्वमा हरेक वर्ष एक करोड ६० लाख किशोरीहरुले बच्चा जन्माउँछन् भने करिब ३० लाख किशोरीहरुे असुरक्षित गर्भपतन गराउदछन् ।
नेपालको जनसख्या मध्ये ३४ प्रतिशत युवा किशोर किशोरीहरु छन् । आफ्नो विद्यालय तथा अभिभावकहरुले आफना बालबालिकाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी दिन जरुरी देखिन्छ ।