बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा शाह नियुक्त


बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा शाह नियुक्त

सञ्जय शाही

नेपालगन्ज २६ असार : नेपाल तरुण दल नेपालगन्ज नगरका सभापति संदीपजंग शाह बाँके जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीले शाहलाई अध्यक्षमा नियुक्त गरेको हो । यसअघि समितिको अध्यक्षमा मोहित शाह अध्यक्ष थिए ।

यस्तै उपाध्यक्षमा चेतकान्त भट्टराई र कोषाध्यक्षमा विरेन्द्र शाही नियुक्त भएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

सदस्यहरुमा मञ्जु शाह, रेवती सिंह, दीपक ओली, मोहम्मद जावेद हलवाई, रन्जितसिंह सिजापति र चन्द्र रानालाई नियुक्त गरिएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा (१) तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को उपनियम (१)मा भएको व्यवस्था बमोजिम शाहलाई असार १९ गतेको प्रदेश खेलकुद परिषद्, लुम्बिनीको निर्णयानुसार नियमावलीको नियम १०(३) बमोजिम अध्यक्षमा नियुक्त गरिएको हो ।