प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बाँके १९ स्वर्ण जित्दै च्याम्पियन बन्यो


बाँके १९ स्वर्ण जित्दै  च्याम्पियन बन्यो

नेपालगन्ज २६ असार : प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लाले जितेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको बेलुझण्डीमा सञ्चालित १२ औं संघीय तथा प्रथम लुम्विनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँकेले जितेको हो ।

प्रतियोगितामा १९ स्वर्ण, ७ रजत र १० कांश्य पदक जित्दै बाँके च्याम्पियन बन्यो ।

यसैगरी बर्दिया जिल्ला ९ स्वर्ण, ९ रजत र १२ कांश्य पदक सहित दोस्रो र दाङ ६ स्वर्ण, ११ रजत र १३ कांश्य पदकसहित तेस्रो भयो । तीन दिने प्रतियोगितामा कपिलवस्तु जिल्लाले ६ स्वर्ण, ४ रजत र २ कांश्य पदकसहित सान्त्वना पुरस्कार पायो ।

Kanti Aarogya Hospital Nepalgunj

कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए । एथलेटिक्समा छात्रमा बाँकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी बन्न सफल भए । उसुतर्फ छात्रमा बाँकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित, भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डाँगी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा व्यक्तिगत विध अन्तरगत एथलेटिक्स, उसु, करातेमा पहिलो भएका खेलाडी र टिम गेमतर्फ कबड्डी, भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ । छनोटमा परेका खेलाडीले यहि असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् ।