गुलरिया (बर्दिया) ३२ असार : राजापुर नगरपालिकालाई राम्रो र जवाफदेहि बनाउनका लागी आफु लागी परेको नगर प्रमुख दिपेश थारुले बताएका छन् ।
राजापुर नगरपालिकाले आयोजना गरेको सार्ववजनिक सूनुवाई तथा २०७९÷०८० को बजेट सार्वजनिक समारोहमा बोल्दै नगर प्रमुख दिपेश थारुले आफु नगरको विकासका लागी निर्वाचित भएको बताउँदै नगरवासीको चाहना र ईच्छा अनुसार अगाडि बढने भन्दै पालिकाबाट हुने सेवा प्रभावमा ढिलासुस्ती, कमिकमजोरी लगायतका कार्य भएको खन्डमा फोन मार्फत वा सिधै फेसबुक मार्फत सन्देश दिन आग्रह समेत गरे ।
उनले नगरको विकासको लागी सवैलाई सकारात्मक सोचका साथ सहकार्य गर्न अपील गर्दै सम्भावना बोकेको बर्दियाको राजापुर नगरलाई आर्थिक सामाजिक तथा राजनीतिक स्तर बृद्धि गर्नका लागी नगरवासी सवैको एकमत हुनुपर्ने बताए ।
आफु निर्वाचित भएर आइसकेपछि सेवा प्रवाहमा कुनै किसिमको कमि कमजोरी हुन नदिने अभियानमा रहेको साथै पारदर्शी बन्नको लागी नियम अनुसार सार्वजनिक सूनवाई लगायतका गतिविधिलाई पनि समाबेस गर्दै आफनो कार्यालयबाट कस्तो खालको सेवा प्रवाह भैरहेको छ र गलत भएका कामहरुलाई आगामी दिनमा कसरी सुधार्न सकिन्छ भन्ने विषयमा जानकारी प्राप्त हुने बताए ।
नगरको विकासको लागी सर्व राजनतिक दल, शिक्षक, विद्यार्थी, बुद्धिजिवि, समाजसेवी, व्यापारी सवैको एउटै आवाज हुनु पर्ने बताए ।
कार्यक्रममा उपप्रमुख मनकला कुमारी थारुले ‘कृषि शिक्षा पर्यटन र उद्योग पुर्वाधार, समाबेशी र समृद्ध राजापुरको मुल आधार’ भन्ने नारालाई सफल बनाउनका लागी नगरवासी एक हुनु पर्ने बताइन । साथै सार्वजनिक सुनूवाईले सेवा प्रदायक र सेवा दायक विचको सम्बन्धलाई अझ गाढा बनाउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले सेवा ग्राही र सेवा प्रदायकको सम्बन्धलाई अझ मजवुद बनाउने र सुधार गर्नृ पर्नेकार्यलाई सहज बनाउने विश्वास व्यक्त गरे ।
सर्वसाधारण नागरिकले कृषि, शिक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, स्वास्थ्य योजना तथा अनुगमन, सिकलसेल रोगको विषयमा नगरपालिकाले गरिरहेको कार्य प्रगति लगायतका विषयमा प्रश्न राखेका थिए ।
सहभागीले उठाएका प्रश्नको जवाफ नगर प्रमुख, सम्वन्धित शाखा प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतले जवाफ दिएका थिए ।
सूचना अधिकारी एंव लेखा अधिकृत वसन्त मल्लले आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै २०७९÷०८० को बजेट तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
यसैगरी राजापुर नगरपालिका अन्तर्गतका शाखाहरु शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दलबहादुर चौधरी, सामाजिक सुरक्षा पन्जीकरण शाखाका प्रमुख सन्तोष रेग्मी, स्वास्थ्य शाखाका प्रमुख गणेश अर्याल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रिता थारु, पशु सेवा शाखाका प्रमुख पुर्णबहादुर खत्री, कृषि विकास शाखाका प्रमुख अमृता थारु, योजना तथा अनुगमन शाखाका प्रमुख आनन्द प्रसाद जैसी, प्रधानमन्त्री रोजगार सेवा केन्द्रका प्रमुख रमेश कुमार पोख्रेल, भुमि सम्वन्धि लागत संकलन इकाइका प्रमुख मनोज यादव, राजस्व शाखाका मङतु थारु, सडक सिचाई तथा भौतिक पुर्वाधार शाखाका राजकुमार चौधरी, भवन तथा वस्ती विकास शाखाका प्रमुख सरिता चन्द, उद्यम विकास कार्यक्रमका प्रमुख पुर्ण बहादुर ओली, प्रशासन साखाका प्रमुख खडक ओली र सूचना प्रविधि तथा विपद व्यवस्थापनका प्रमुख खुसीराम थारुले आआफना शाखाले गरेका वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।