नेपालगन्ज २३ भदौ : पश्चिम नेपालमा नेवारी परिकारको प्रर्बद्धन गर्दै नेपालगन्जमा खुलेको ‘मतिना नेवारी रेष्टुरेण्ट’ ले ग्राहकका लागि विशेष अफर ल्याएको छ ।
नेपालगन्जस्थित क्युएफएक्स सिनेमा हलको पुर्वपट्टी सञ्चालनमा आएको उक्त रेष्टुरेण्टको ब्यवस्थापनले बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
रेष्टुरेण्टका सञ्चालक सञ्जय श्रेष्ठले शुद्ध नेपाली खानाको परिकारलाई प्रर्बद्धन गर्ने उद्देश्यले खोलिएको मतिना नेवारी रेष्टुरेण्टले ग्राहकलाई लक्षित गर्दै यस्तो अफर ल्याएको जानारी दिए ।
साताको पाँच दिन ग्राहकलाई लक्षित गरि विशेष प्याकेज ल्याइएको उनले बताए । ‘हरेक हप्ता विभिन्न क्षेत्रका पेशाकर्मीलाई लक्षित गरेर अफर ल्याइएको छ’ सञ्चालक श्रेष्ठले भने–‘रेष्टुरेण्टले आईतबारदेखी बिहीबारसम्म पेशाकर्मीलाई लक्षित गरेर अफर ल्याएको र ग्राहकलाई १५ प्रतिशत छुट ब्यवस्था गरिएको छ ।’
पछिल्लो समयमा नेपाली खानाको स्वाद हराउँदै गइरहेको र विदेशी खाना तथा नास्ता भित्रिरहेको अवस्थामा नेपालगन्जमा नेवारी खानालाई स्थापित गराउन खोजिएको उक्त पत्रकार सम्मेलनमा श्रेष्ठले बताए । ‘यसले विश्वभरी नै नेपालको पहिचान दिन सक्छ, नेपालगन्जमा पनि यस्तो पाउँदो रहेछ भन्ने सन्देश बाहिर गएको छ, हामी केही न केही सफल भएका छौं,’ उनले भने ।
गतवर्ष साउन १ गतेदेखि सञ्चालनमा आएको टिपिकल नेवारी खानाको परिकार पाईने उक्त मतिना रेष्टूरेण्टले ग्राहकबीच शुद्ध नेपाली खानाको परिकार पस्किनुका साथै माया समेत बाँडीरहेकोमा उनले खुशी ब्यक्त गरे ।
रेष्टूरेण्टले ल्याएको विशेष अफरमा आईतबार ईन्जिनियर र स्वास्थकर्मी सोमबार वित्त र शिक्षा, मंगलबार हस्पिटालिटी र सञ्चार, बुधबार व्यापारी र सरकारी कर्मचारी तथा विहीबार सबै क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई आफ्नो सेवामा १५ प्रतिशत छुट दिने योजना रहेकोछ ।
रेष्टुरेण्टका सञ्चालक श्रेष्ठले यो व्यापारिक योजना नभई समाजका हरेक क्षेत्रमा कुनै न कुनै रुपले योगदान दिएका व्यक्तिहरुको सम्मार्नाथ भएको बताए । साथै उनले नेवारी खानाको स्वादलाई बढावा दिनपनि यो योजना महत्वपुर्ण सावित हुने अपेक्षा राखे ।