खजुरा क्यान्सर अस्पतालमा ‘डाक्टरलाई प्रवेशमा रोक’


खजुरा क्यान्सर अस्पतालमा ‘डाक्टरलाई प्रवेशमा रोक’

नेपालगन्ज २८ भदौ : शुसील कोइराला प्रखर क्यान्सर अस्पतालले ढिलोगरी कार्यालय पुगेका केही डाक्टरसहित स्वास्थ्यकर्मीलाई अस्पताल प्रवेशमा रोक लगाएको छ ।

मंगलबार अस्पताल पुगेका दुई जना डाक्टरसहित केही स्वास्थ्यकर्मीलाई सुरक्षागार्डले अस्पताल प्रवेशमा रोक लगाएको पाइएको हो ।

कार्यालय समयभन्दा केही ढिलो आएका क्यान्सर अस्पतालका डाक्टरद्वय प्रविण गुप्ता र मुकेश यादवसहित केही स्वास्थ्यकर्मीलाई अस्पताल प्रवेशमा सुरक्षा गार्डले रोक लगाएका थिए ।

सुरक्षा गार्डले अस्पताल प्रवेशमा रोक लगाएपछि विवाद भएको थियो । विवाद हुँदा डाक्टर र स्वास्थ्यकर्मीहरुले सुरक्षागार्डलाई हप्काएका थिए । अस्पताल प्रवेश गर्न नपाएका डाक्टर र स्वास्थ्यकर्मीलाई लिन गेटमै स्वयम अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्णप्रसाद आचार्य आएपछि उनीहरु अस्पताल प्रवेश गरेका थिएनन् ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालका सुरक्षा गार्डले आफ्नो अपमान गरेको भन्दै मेसु आउँदा पनि उनीहरु प्रवेश गर्न मानेन् । डाक्टर प्रविण गुप्ताले भने आफूहरुलाई १० बजेर १५ मिनेटमा पुग्दा पनि सुरक्षागार्डले हप्काएको र अपमान गरिएको भन्दै आपत्ति जनाए । स्थानीयहरुका सामू आफूहरुलाई अपमान गरिएको उनको गुनासो छ ।

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले कार्यालय समय विहान १० देखि बेलुका ४ बजेसम्म हुने र यसका लागि सबैजना समयमै अस्पताल आउनुपर्ने भन्दै ढिलागरि आउने जोकोहीलाई प्रवेशमा रोक लगाउन निर्देशन दिएका थिए । सोही निर्देशन कार्यान्वयन गराउँदा मंगलबार सुरक्षा गार्डले ढिला आउने डाक्टरलाई प्रवेशमा रोक लगाएका थिए ।

समितिको उक्त बैठकले कर्मचारीहरु पोशाक, परिचयपत्रसहित कार्यालय समय १० बजे भित्र कार्यालय आइपुग्नुपर्ने निर्णय गरेको थियो ।

यसैबीच, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णलाई कार्यान्वय गर्न अस्पताल विकास समतिको २७ गते बसेको बैठकले गरेको निर्णय अनुसार अस्पतालको विशेषज्ञ सेवा समय विहान १० बजेदेखी साँझ ४ बजेसम्म गराउने भनि निर्णय भएको र सो निर्णयलाई कार्यान्वय गर्ने तथा कार्यरत कर्मचारीलाई अनुशासित र जिम्मेवार बनाउने अस्पताल प्रशासनको दायित्व भएको तथा सो दायित्वलाई निर्वाह गर्नका लागि अस्पताल गेटमा कार्यरत रहनुभएका सुरक्षागार्डलाई भएको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिइएको हुदाँ कार्यालय समयभित्र प्रवेश गरिसक्न सम्बन्धि सवैलाई जानकारी गराइन्छ । कुनै कारणबस कार्यालय आउन ढिला भएको अवस्थामा वा कार्यालय समयभन्दा पहिला जान परेमा गेटमा कार्यरत ससुक्षागार्डसंग कुनै बादविवाद नगरी कार्यालय प्रमुखसंग समन्वय गर्न अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्णप्रसाद आचार्यले मङ्गलबार सबैलाई सूचित गराएकाछन् ।