राष्ट्रपति रनिङ्ग शिल्ड जारी


राष्ट्रपति रनिङ्ग शिल्ड जारी

नेपालगन्ज :प्रदेश पाँच स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पाल्पामा चलिरहेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिति, प्रदेश नम्बर ५ को आयोजनामा बुधबारबाट सो प्रतियोगिता शुरु भएको थियो ।

खेलकुदका क्षेत्रीय अध्यक्ष भिम ओलीको सभापतित्वमा भएको कार्यक्रममा पुर्बमन्त्री एवँ संघिय सांसद सोमप्रसाद पाण्डेले प्रशिक्षकद्वय पदमा चौधरी र भिम बहादुर डांगीलाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिता शुरु भएको घोषणा गरेका छन् ।

पुर्बमन्त्री पाण्डेले स्वस्थ नागरिक निर्माण गर्न खेलकुदको महत्वपुर्ण भुमिका रहने बताए । राष्ट्रलाई अन्तर्राष्ट्रियस्तर चिनाउने प्रमुख माध्यम खेलकुद नै भएको उल्लेख गर्दै पुर्बमन्त्री पाण्डेले खेलक्षेत्रको समग्र बिकासका लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा कराते, भलिबल, एथ्लेटिक्स, उसु, कपर्दी, तेक्वान्दो गरि ६ वटा खेल समावेश रहेका छन । यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुले आगामी २९ गतेदेखी काठमान्डौमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागीता जनाउने मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार सम्म चल्ने प्रतियोगितामा ११ सय खेलाडीहरुको सहभागिता छ । जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले स्वागत गरेको कार्यक्रमको संचालन क्षेत्रीय सदस्य चन्द्रमणी गैरेले गरेका थिए ।