महेन्द्र पुस्तकालय १७ औं साधारणसभा तथा अधिवेशन

साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो

अध्यक्षमा यादव निर्विरोध


साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पायो

नेपालगन्ज २९ भदौ : नेतृत्व निस्कृय भएर थला परेको नेपालगन्जको ऐतिहासिक पुस्तकालय महेन्द्र पुस्तकालयले अन्ततः नेतृत्व पाएकोछ । नेपालगन्ज सहरको ईतिहाससँगै जोडिएको महेन्द्र पुस्तकालयले साढे दुई दशकपछि नेतृत्व पाएको हो ।

पश्चिम नेपालको एकमात्र पुरानो पुस्तकालय महेन्द्र पुस्तकालयले यस क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र ईतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएकोछ ।

२००३ सालमा स्थापना भएको यो पुस्तकालय २०२१ सालमा नाम परिवर्तन भई ‘महेन्द्र पुस्तकालय’को नामबाट परिचित छ । त्रिभुवन चोकको पूर्वी लाईन रानीतलाउ नजिक रहेको महेन्द्र पुस्तकालयले यही भदौ ३ गते ७५औं वर्ष पूरा भई ७६ वर्ष लागेको अवसरमा ‘अमृत महोत्सव’ मनाएको थियो ।

नेतृत्व विहीन भएको पुस्तकालयलाई जीवन्त राख्न तर्दथ समिति गठन गरिएको थियो । सोही तर्दथ समितिका अध्यक्ष बलराम यादव आगामी नेतृत्वका लागि महेन्द्र पुस्तकालयको अध्यक्षमा निर्वाचित भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

पुस्तकालयको मंगलबारदेखि शुरु भएको १७ औं साधारणसभा तथा अधिवेशनले यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

यादवसहित नयाँ नेतृत्व चयन भएसंगै साढे दुई दशकपछि महेन्द्र पुस्तकालयले नेतृत्व पाएको छ । पुस्तकालयको नेतृत्वमा अध्यक्ष यादवसहित ५ जना पदाधिकारी र २ महिला सदस्य निर्विरोध निर्वाचित भएका थिए । भने ४ जना खुला सदस्य निर्विरोध चयन हुन नसकेपछि मतदान भएको थियो ।

समितिमा पहिलो पटक पदाधिकारी सबै निर्वाचित भएका हुुन् । यसअघि अध्यक्षले नै पदाधिकारी मनोनयन गर्ने व्यवस्था थियो ।

समितिमा अध्यक्ष यादवसहित उपाध्यक्षमा पंकजकुमार श्रेष्ठ, सचिवमा मणीदेव अर्याल, सहसचिवमा धनमाया लुइटेल(ऋचा), कोषाध्यक्षमा अजयकुमार टण्डन, महिला सदस्यमा अस्मिता शाह महतरा र सदस्यमा मिना सुवेदी ढकाल निर्विरोध निर्वाचित भए ।

यस्तै खुला सदस्यहरुमा बिज्रेश बहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्दिकी र वीरेन्द्र प्रसाद जैसी(वीपी) निर्वाचित भए । खुला सदस्यमा अन्तिम समयमा ९ जनाको उम्मेदवारी परेको थियो । कूल मत २१२ रहेकोमा १४७ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको थियो ।

वि.सं.२०५२ सालमा महेन्द्र पुस्तकालय व्यवस्थापन समितिको अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण गरेका थिएनन् ।

२०५४ सालपछि व्यवस्थापन समिति विहीन बनेको महेन्द्र पुस्तकालयको अध्यक्षका रुपमा सच्चिदान्नद चौवेले पुस्तकालयको रेखदेख र संरक्षण गर्दै आएका थिए । व्यवस्थापन समिति विहीन भएको अवस्थामा टण्डन र चौवेले नयाँ समिति गठनका लागि प्रयास नगरी विधान विपरित सञ्चालन गर्दै आएका थिए ।

त्यसपछि २०७६ सालदेखि पुस्तकालय पूर्णरुपमा बन्द भएको थियो । चौवेले आफ्नो उमेर र स्वास्थ्यका कारण पुस्तकालय रेखदेख र सञ्चालन गर्न नसक्ने व्यहोरा सहित २०७८ माघ १७ गते राजिनामा दिएका थिए ।

सो पश्चात जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रह्यो । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहे । त्यसपछि महेन्द्र पुस्ककालयको अवस्थाबारे छानबिन गर्न व्यवसायी अजय टण्डनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

पुस्तकालयमा साढे दुई दशकदेखि व्यवस्थापन समिति नरहेको अवस्थामा उक्त छानविन समितिले निकालेको प्रतिवेदनमा आर्थिक अनियमितता एवम् पुस्तकालयको हिसाव दुरुस्त नभएको निस्कर्ष निकालिएको थियो ।
पछि २०७८ चैत २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयका पुस्तकालय निर्देशिका अनुसार गठन भएको जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्षको हस्तक्षेपबाट आजीवन सदस्यहरुको भेलाबसी आजीवन सदस्यबाट १२ जनालाई तदर्थ समिति गठन गरिएको थियो ।

उक्त समितिले पुस्तकालयलाई व्यवस्थित गर्दै समायानुकुल विधान परिमार्जन गरी नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवादी दिइएको थियो । तर, विभिन्न कारणबस तीन महिनामा तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः २०७९ असार २९ गते भदौ मसान्तसम्म काम सम्पन्न गर्ने म्याद थप गरियो ।

थप समाचार

जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय