अध्यक्ष ज्यू: समाचार भ्रामक कि हजुर झुट ?

हरहिसाब सार्वजनिक गर्न नक्कली बीलभौचर मिलाउँदै गरेको खुलासा


अध्यक्ष ज्यू: समाचार भ्रामक कि हजुर झुट ?

नेपालगन्ज : यतिबेला नेपालगन्जमा बहुचर्चित बहुउद्देश्यीय सभागृह निर्माणको सम्झौता खारेजी प्रसङ्गले चर्चा बटुलेको छ । नेपालगन्ज उद्योग बाणिज्य संघले विगत १२ वर्षदेखि सभागृहका नाममा चलखेल गर्दै आएको थियो ।

सभागृहको संरचना बनाउन जग्गा भोगाधिकार लगेको १२ वर्षसम्म संघले एउटा पनि ईट्टा नराखेपछि यो सम्झौता नेपाल सरकारले रद्द गरेको हो ।

सम्झौता खारेजीसँगै सभागृह बनाउने नाममा झुण्डिने थुप्रै व्यानर र रकम पचाउ धन्दाको श्रृंखला समाप्त भएको छ ।
संघका पदाधिकारीले सभागृहका नाममा वर्षेनी मेला महोत्सव लगाएर करोडांै रकम आम्दानी गरेपनि अहिलेसम्म भौतिक संरचना निर्माणका लागि एउटा सिन्को पनि भाँच्न सकेका थिएनन् ।
वर्षेनी लगाईएका मेला महोत्सवबाट भएको आम्दानी संघका अध्यक्ष नन्दलाल बैश्य लगायतका कतिपय पदाधिकारीले आफनो व्यापार व्यवसायमा लगानी गरेको संघकै एक पदाधिकारी बताउँछन् । उनकाअनुसार यसैले त अहिलेसम्म संघले मेला महोत्सवको हरहिसाब सार्वजनिक गर्न नाटक गरिरहेको छ ।

प्रादेशिक महोत्सवको रकम सार्वजनिक नगर्दा आलोचित भएका बैश्यले पहिलो प्रेस विज्ञप्ती मार्फत केही दिनमा उक्त आयव्यय सार्वजनिक गर्छु भनेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

संघ निकट स्रोतकाअनुसार उक्त महोत्सवको हरहिसाब सार्वजनिक गर्ने भन्दै संघका अध्यक्ष बैश्य, महासचिव टण्डन र प्रादेशिक महोत्सव प्रचार-प्रसार संयोजक टंक धामी नेपालगन्जका एक पत्रकारलाई साथमा लिएर नक्कली बीलभौचर मिलाउन व्यस्त भएको खुलेको छ ।

केही दिनअघि शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सभागृह निर्माणको सम्झौता खारेजी भएको समाचार सेतोखरीले प्रकाशन गर्दा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र महासचिव अजयकुमार टण्डनले एक विज्ञप्ती निकाल्दै उक्त समाचार भ्रामक भनि अफवा फैलाएका थिए ।

तर, यसको केही दिन नबित्दै संघका अध्यक्ष बैश्यले दोस्रो विज्ञप्ती निकालेर मन्त्रीपरिषद्को असार १९, २३ र २४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त जमिनमाथीको सम्झौता खोरजीको निर्णय वास्तविक भएको भन्दै नेपालगन्जबासीलाई बिरोधमा उत्रिन अपील गरेका छन् ।

उनकै दोस्रो प्रेस विज्ञप्तीअनुसार मन्त्री राईले बोलेको र सद्भाव दैनिकले छापेको समाचार भ्रामक नभई संघका अध्यक्ष बैश्यको झुट प्रवृति छर्लङग् भएको छ । उनी वर्षाैंदेखि यसरी नै झुटको खेती गर्दै आएका छन् संघका एक सदस्यले भने ‘बैश्यकै कारण संघको प्रतिष्ठा गुम्दै गएको छ ।’

तर, पनि संघका अध्यक्ष बैश्य आधिकारी पत्र नआएको भन्दै शुक्रबारसम्म पनि झुटको खेती गरिरहेका छन् । उनकै पालामा लगाईएका मेला महोत्सवको हरहिसाब सार्वजनिक गर्न नसकेर आलोचित भइरहेका बैश्यले सभागृहको बिषयमा मात्रै नभई त्रिभुवनचोक र रामलिला मैदानका नाममा समेत झुटको खेती गर्दै आएको खुलेको छ ।
महोत्सवकै नाममा १२ वर्षसम्म एउटा इँट्टा राख्न नसकेको संघलाई वर्तमान नेतृत्वले कमाई खाने भाँडो बनाउँनु, अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको कार्यसमितिका केही पदाधिकारीले महोत्सवलाई दुहुनो गाई नै बनाउँनु, सभागृह बनाउने भनेर मेला महोत्सव आयोजना गर्ने अनि नाफा कुम्ल्याउन संघको नेतृत्व उद्यत हुनु, सभागृहका नाममा गरिएका दुई वटा महोत्सवको हिसाबकिताब अहिलेसम्म सार्वजनिक नगर्नु, उक्त रकम व्यक्तिगत व्यवसायमा लगानी गर्ने प्रयास गर्नु, आदी, ईत्यादी कारणले नेपालगन्ज उद्योग वाणिज्य संघलाई भोगाधिकारका लागि सरकारले दिएको जग्गाको लीज सम्झौता खारेज गरिएको हो ।


यी सबै कर्तुत आम नागरिकलाई थाहा हुँदा हुँदै अध्यक्ष बैश्य आफ्नो गुम्दै गरेको प्रतिष्ठा जोगाउँन अझै झुटको खेती गर्दै मन्त्रीपरिषद्ले गरेको निर्णयलाई आधार मानेर मन्त्रीले औपचारिक कार्यक्रममा बोलेको बिषय नै पत्रिकामा समाचारका रुपमा आउँदा समेत प्रेस बिज्ञप्ती निकालेर खारेज नभएको भनि नागरिकलाई भ्रममा पारिरहेका छन् । यता संघका अध्यक्ष बैश्यले भने सभागृहको जग्गा सम्झौता खारेजीका बारे शुक्रबारसम्म पनि संघमा कुनै आधिकारीक पत्र नआएको जिकिर गरिरहेका छन् ।


उनले यसका लागि गठित छानवीन समिति केही दिनमै मन्त्रालयमा जाने तयारी गरिरहेको बताए । उनले मेला महोत्सवको रकम आफू र संघ आबद्ध कुनै पनि पदाधिकारीले व्यक्तिगत रुपमा प्रयोग नगरेको दाबी गरे । उनले मेलाको हरहिसाब सार्वजनिक गर्नका लागि बीलभौचर मिलाउँने काम भइरहेको पनि स्वीकार्यका छन् ।

यस्तो छ नेपालगन्ज उद्योग वाणिज्य संघले एक दिनको अन्तरालमा सार्वजनिक गरेको प्रेस विज्ञप्ती