नेपालगन्ज : बुधबारदेखि पाल्पामा शुरु भएको प्रतियोगिता शुक्रबार सकिएको छ । १६ स्वर्ण १४ रजत र ११ कास्य गरि कुल ४१ पदक जित्दै दाङ्ले रनिंङ्ग शिल्डको ट्रफी उचालेको छ ।
त्यस्तै १० स्वर्ण ७ रजत र ११ काँस्य गरि कुल २८ पदक जित्दै बाँके दोस्रो तथा ८ स्वर्ण ४ रजत गरि कुल १२ पदक जित्दै रोल्पा जिल्ला तेस्रो भएको छ । शुक्रबार भएको खेल अन्तरगत भलिबल पुरुषतर्फ पाल्पा प्रथम, रोल्पा दोस्रो तथा रुपन्देही तेस्रो भएको छ ।
महिलातर्फ रुपन्देही प्रथम , दांग दोस्रो तथा पुर्ब रुकुम तेस्रो भयो । कपर्दी पुरुषतर्फ नवलपरासी प्रथम , दाङ दोस्रो तथा अर्घाखाँची र रुपन्देही तेस्रो भए । महिलातर्फ नवलपरासी प्रथम , दांग दोस्रो तथा अर्घाखाँची र बर्दिया तेस्रो भयो ।
एथ्लेटिक्समा दाङ प्रथम, बाँके दोस्रो तथा बर्दिया तेस्रो भयो । यस अघि तेक्वान्दो र उसुमा बाँके तथा करातेँमा रोल्पा प्रथम भईसकेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती, ५ नम्बर प्रदेशले प्रतियोगिता संचालन गरेको हो ।
प्रदेश प्रतियोगिताबाट छनोट भएका १सय५ जना खेलाडी यहि असार २९ गतेदेखि काठमाडौंमा आयोजना हुने केन्द्रिय राष्ट्रपति रनिङ शिल्डका लागि शुक्रबारै प्रस्थान गरेका छन् । विजयी खेलाडीहरुलाई प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य, मध्यपश्चिम क्षेत्रीय खेलकुद बिकास समिती ५ नम्बर प्रदेशका उपाध्यक्ष नरेन्द्र थापा, पाल्पा नगरपालिकाका प्रमुख अशोक कुमार शाही, खेलकुदका क्षेत्रीय सदस्य चन्द्रमणी गैरे, वसन्त जिआर, जिल्ला खेलकुद बिकास समिती पाल्पाका अध्यक्ष करुणा काफ्ले लगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।