राप्ती नदिले खतराको तह पार गर्यो, तटिय क्षेत्रमा साईरन बजाइयो


राप्ती नदिले खतराको तह पार गर्यो, तटिय क्षेत्रमा साईरन बजाइयो

बाँकेको कम्दी स्थित राप्ती पुल । तस्विरः रवि कनोजिया/ सेतोखरी

नेपालगन्ज: अविरल वर्षाका कारण राप्ती नदिले खतरा तह पार गरेकोछ । राप्ती नदिमा पानीले खतराको तह पार गरेपछि तटिय क्षेत्रमा साईरन बजाइएकोछ। कुसुमस्थित बाढी मापन केन्द्रका जेड रिडर हिकमत थापाका अनुसार नदिमा पानीको तह बढिरहेको छ । शनिबार तीन बजे नदीको पानी मापन गर्दा  ५.४८ सतह पुगेको थियो भने बेलुका ४ः ४५ बजे पानीको सतह मापन गर्दा बढेर ५.७३ पुगेको छ ।

राप्ती नदीले खतराको तह पार गरेपछि तटिय क्षेत्रका गाँउवस्ती उच्च जोखिममा भएको भन्दै सर्तक रहन जिल्ला स्थित सरोकारवालालाई जानकारी गराएको जेड रिडर थापाले बताए ।

उनले भने नदीमा पानीको तहले खतराको तह पार गरेपछि प्रमुख जिल्ला अधिकारीलाई खबर गरि सर्तक रहन आग्रह गरेको बताए ।

राप्ती नदीले खतराको तह पार गरेपछि राप्ती सोनारी गाँउपालिका, डुडुवा गाँउपालिका र नरैनापुर गाँउपालिकाका विभिन्न वडा र वस्तीहरु उच्च जोखिममा परेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पहाडी जिल्ला प्यूठान, रोल्पा लगायतका जिल्लामा भारी वर्षा भएकाले राप्ती नदीको सतह बढेको हो । यद्यपी अहिले सो क्षेत्रमा पानीपर्ने र रोकिन क्रम जारी भएता पनि नदीमा पानीको मात्रा बढिरहेकोछ ।

कुसुम स्थित बाढि मापन केन्द्रका अनुसार जोखिमयुक्त नदी तटिय क्षेत्रमा पानी पुग्न पाँच घण्टा लाग्छ । तर, नदिमा पानीको वहाव धेरै भएका कारण सो पानी छिटै जोखिमयुक्त क्षेत्रमा पुग्ने जनाएकोछ ।

नदीले डेन्जर लेभल पार गरेपछि तटिय क्षेत्रमा बजेको खतराको साइरनले सो क्षेत्रका स्थानीय त्रसित बनेकाछन् । राप्ती नदिले विशेष गरि होलिया, वेतहनी, गंगापुर, मटेहिया क्षेत्रमा बढि क्षती गर्ने गरेकोछ ।

कुसुम स्थित बाढी मापन केन्द्रका अनुसार नदीले ५.४० लेभल पार गरेपछि डेन्जर मानिन्छ । पछिल्लो पटक २०७१ सालमा राप्ती नदीको पानीले सवैभन्दा बढि ८.७५ तह पार गरेको थियो । भने गतवर्ष सामान्य रहेको बाढी मापन केन्द्रले जनाएकोछ ।

यस्तै २०७४ साउन अन्तिम साता आएको बाढीले दिएको पीडा निको नहुँदै पुनः नदीले खतराको सतह पार गरेपछि सो क्षेत्रका बासिन्दा थप चिन्तामा छन् ।