चाडबाडमा रगत अभाव हुन नदिन रक्तदान


चाडबाडमा रगत अभाव हुन नदिन रक्तदान

नेपालगन्ज १३ असोज : नेपालगन्ज उपमहानगरपालिकाले विहीबार रक्तदान कार्यक्रम गरेको छ ।

क्षेत्रीय रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय परिसरमै रक्तदान कार्यक्रम गरिएको नगरपालिकाका स्वास्थ्य महाशाखाका जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त रक्तदानमा नगरपालिकाका आलेप अधिकृत खिमानन्द अर्याल, हेल्थ असिस्टेन्टद्वय तेज ओली, राजन शाही, प्रशासन शाखामा कार्यरत सन्तोषी विष्ट, राजश्व शाखाकी सुनिता तिवारी, स्वास्थ्यकर्मीहरु पुष्पा केसी, प्रकाश श्रेष्ठ लगायत ३६ जनाले रक्तदान गरेका छन् ।

चाडपर्वको समयमा हुन सक्ने रगत अभावलाई केही हदसम्म पूर्ति गर्न रक्तदान कार्यक्रम गरिएको बस्नेतले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

चाडपर्वको बेलामा सवारी दुर्घटना बढी हुने र त्यो समयमा रक्तदाता समेत भेट्न मुस्किल पर्ने भएकाले दशैं पर्वलाई लक्षित गरेर रक्तदान कार्यक्रम गरिएको पनि बस्नेतको भनाई छ ।

रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्वर १२ का वडाअध्यक्ष तरुण ब्रजाचार्य, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।