काँग्रेस केन्द्रिय सदस्य गौतम विरुद्ध राठौरको उजुरी


काँग्रेस केन्द्रिय सदस्य गौतम विरुद्ध राठौरको उजुरी

बर्दिया २५ असोज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागी मनोनयन दर्ता गर्ने क्रममा बर्दियामा एउटै पार्टिबाट दुइ जनाले मनोनयन दर्ता गराएपछि कार्यकर्ता माझ अन्यौलता छाएको हो ।

बर्दिया क्षेत्र न– १ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतम र जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले मनोनयन दर्ता गराएपछि बर्दिया काँग्रेसमा अन्यौलता मात्र छाएको छैन गठबन्धनमा रहेका अन्य दलहरु पनि झस्किएका छन् । यसले निर्वाचनमा असर पार्ने ति नेताहरुको भनाई रहेको छ ।

असोज २३ गते मनोनयन दर्ता गराउने क्रममा नेपाली काँग्रेसका जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले पार्टीको आधिकारीक आफु भएको भन्दै मनोनयन दर्ता गराएका थिए । केहिबेरपछि काँग्रेसका केन्द्रिय सदस्य सञ्जय गौतमले पनि उमेदवारी दर्ता गराएका थिए उनले पनि पार्टीको आधिकारीक उमेदवार आफु भएको बताएका थिए ।

यसैबिच राठौरले आधिकारीक उमेदवार आफु भएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको क्षेत्र न–१ का विर्नाचन अधिकृत कैलाशप्रसाद सुवेदीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने–‘आधिकारीकताको विषयमा छलफल भैरहेको छ । यसरी एउटै पार्टीबाट दुई जनाले उमेदवार दर्ता गराउँदा दुवै पक्षका कार्यकर्ताले सामाजिक सञ्जालमा प्रचार प्रसार पनि तिव्र पारेका छन् ।’

नेपाली काँग्रेसको स्रोतका अनुसार टिकट वितरणमा अरुण प्रकाशसिंह राठौरलाई पहिले टिकट दिइएको थियो, पछि विवाद भएपछि सञ्जय गौतमलाई दिइएको बताइएको छ । तर, दुवै जनासंग पार्टी सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेको पत्र समेत रहेको छ । यसरी एउटै पार्टीबाट दुई जनालाई टिकट दिइएको विषयमा नेपाली काँग्रेस बर्दिया समेत अचम्ममा परेको छ ।

गौतम शेखर कोइराला समूहका नेता हुन् भने राठौर शेरबहादुर देउवा निकटका हुन् । दुवै नेताले आफू पार्टीको आधिकारीक उमेदवार भएको दाबी गरेकाछन् ।

केन्द्रिय सदस्य गौतमले आफूलाई संसदीय समिति, कार्यसम्पादन समितिले निर्णय गर्दै आधिकारिक टिकट दिएको बताएकाछन् ।

जिल्ला सभापति राठौरले पनि आफूलाई बालुवाटार बोलाएर सभापति देउवाले नै आधिकारिक टिकट दिएको दाबी गर्छन् । गौतमले भन्दा अघि राठौरले उमेदवारी दर्ता गराएको बुझिएको छ ।