कर्णाली नदी नियन्त्रणका लागी ५० करोड


कर्णाली नदी नियन्त्रणका लागी ५० करोड

गुलरिया(बर्दिया) २९ असोज : कर्णाली नदी व्यवस्थापन आयोजना राजापुर बर्दियाको लागी ५० करोड रुपैया अर्थ मन्त्रालयले प्रदान गर्ने भएको छ ।

बर्दियाको पश्चिम भाग कैलालीसंग सीमा जोडिएको कर्णाली नदीको तटबन्ध गर्नका लागी सो रकम विनियोजन गरिएको हो । उक्त रकमको लागी नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सुरेश पन्थ तथा राजापुर नगरपालिका नगरप्रमुख दिपेश थारुको पहलमा सो रकम अर्थ मन्त्रालयले स्वीकृत गरेको जनाइएको छ ।

एक अर्व १४ करोड ६२ लाख ६३ हजारको बजेट माग भए अनुसार ५० करोड बरावरको स्रोत सहमती प्रदान गरेको हो ।

असोज ४ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सो निर्णय गरिएको छ । स्थानीय समाजसेवी तथा नेकपा माओवादी केन्द्रका मधुवन नगर इन्चार्ज एंव लुम्विनी प्रदेश कमिटि सदस्य सुरेश पन्थ र राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुको सक्रियतामा सो बजेट निकासा गर्न सफल भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सोझै अर्थ मन्त्रालयबाट स्रोतको सुनिश्चित गरेर बजेट निकासा हुने यसबाट नदि नियन्त्रणमा केहि राहत हुने पन्थले बताए । राजापुर क्षेत्रमा वर्षेनि बाढिका कारण मानवीय तथा जमिनको कटान हुदै आएको छ ।

नेपाल सरकारले कर्णाली नदी नियन्त्रणका लागी कर्णाली नदी नियन्त्रण आयोजना नै सञ्चालनमा ल्याएको छ । वर्षेनी आउने बाढिका कारण क्षति बढदै गएको सो क्षेत्रमा तटबन्ध हुदै गएका कारण मानविय तथा भौतिक संरचनाको क्षति कम हुदै गएको छ ।

कर्णाली नदी नियन्त्रण आयोजनाका निर्देशक एव आयोजना प्रमुख शुसील चन्द देवकोटाले काम गर्नका लागी बाटो खुलेको बताउँदै यसले केहि हद सम्म काम हुने बताए ।

कर्णाली नदिमा आउने वर्षेनी बाढिले लाखौको भौतिक संरचना मात्र ध्वस्त बनाउदै मानवीय क्षति पनि हुने गर्दछ । त्यसो त यो बजेटले केहि हुन सक्दैन तर, पनि केहि राहत हुने स्थानीयबासीहरुले बताएका छन् ।