वडामा जादैनन सचिव, नागरिकलाई सास्ती


वडामा जादैनन सचिव, नागरिकलाई सास्ती

गुलरिया(बर्दिया) ३१ असोज : लामो समयदेखि कार्यालयमा वडा सचिव जान छाडेपछि सेवाग्राहीले सास्ती भोग्नु परेकोछ । बर्दियाको गेरुवा गाउ“पालिका १ नम्बर वडा कार्यालयका सचिव प्रदीपकुमार शर्मा लामो समयदेखि कार्यालय आउन छाडेपछि सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।

शर्मालाई वडा सचिवसंगै गाउँपालिकाको योजना फाँटको समेत जिम्मेवारी दिइएको छ । तर, जनतासंग प्रत्यक्ष जोडिएको काम वडामा गर्नुको साटो उनी गाउँपालिकाको योजना फाँटमा नै अधिकांश समय दिने गरेकाछन् ।कहिलेकाँही वडामा आएपनि धेरै समय नदिने, ढिलो आउने छिटो जाने जस्ता वडासचिव शर्माको गैरजिम्मेवार हर्कतका कारण वडाबासीले न्यूनतम सेवा लिन समेत हम्मेहम्मे भएकोछ ।

घरदैलोमा सिंहदरबार पुगेको भन्दै फल्याक्नेहरुका अगाडी वडा सचिवको यस्तो गतिविधिले गिज्याइरहेकोछ । हप्तौं वडा कार्यालय नआएर गाउँपालिकाकै योजना फाँटमा रमाइरहेका वडासचिव शर्माबाट सामान्य सिफारिस लिन सेवाग्राहीलाई महिनौं लाग्ने गरेको हो ।

वडासचिव शर्मालाई गाउँपालिकाको योजना फाँटको कार्यसम्पादन गर्ने गरि अतिरिक्त जिम्मेवारी दिएपनि उनको मुख्य जिम्मेवारी वडाको हो । तर, गाउँपालिकाकै ‘आम्दानी हुने फाँट’का रुपमा परिचित योजना फाँटमा वडासचिव शर्मा ब्यस्त रहन्छन् । जसले गर्दा उनी वडामा कम गाउँपालिकामा धेरै समय ब्यतित गर्दा वडाबाट प्रभाह हुने सेवा प्रभावित बन्न पुगेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

स्थानीयबासी सोमलाल थारुले सामान्य सिफारिसका लागी दिनदिनै वडा कार्यालय धाउनुपर्ने बाध्यता रहेको बताए । ‘आज त सचिव आए होलान भनेर गयो हालत उस्तै, वडा कार्यालयमा सचिव नै भेटिदैनन्’ थारुले बताए ।

वडासचिव शर्माको यस्तो गतिविधिबाट आजित बनेका वडाअध्यक्ष कर्मप्रसाद थारुले जनताको काम रोकिएको हुँदा तत्कालका लागी वडा नम्बर–२ का सचिव भागीराम चौधरीबाट सेवा प्रबाह गरेको बताए ।

यता गेरुवा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले योजना शाखा र वडा नम्बर–१ को सचिवको जिम्मेवारी सम्मालिरहेका प्रदीपकुमार शर्मा हाल विदामा भएका कारण समस्या उत्पन्न भएको बताए ।
शर्मा मंगलबारसम्म हाजीर हुने रानाले बताएपनि शर्माले पहिलो प्राथमिकता योजना शाखालाई नै दिने गरेकाछन् ।

नीयबासीले सामान्य सिफारिस लिन महिनौं कुर्नुपर्दा सास्ती भोग्नु परेको भन्दै समस्या समाधानमा कसैले वास्ता नगरेको बताउँछन् ।

बर्दियाको ग्रामीण भेगमा रहेको सो पालिकामा कर्मचारीको अभावमा प्राय सधैं समस्या झेल्नु पर्ने हुन्छ । तर, कर्मचारीको मनलाग्दि कार्य रोक्न जनप्रनिधि र सम्बद्ध सरोकारवालाले वेवास्ता गर्ने गरेको स्थानीयबासीहरुको भनाईछ ।