जनमतको ५४ औँ श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट रक्तदान


जनमतको ५४ औँ श्रृङ्खलासम्म करीब तीन हजार पिन्ट रक्तदान

नेपालगन्ज १ कार्तिकः जनमत अर्धसाप्ताहिक, नेपालगञ्जले आयोजना गरेको त्रैमासिक रक्तदान कार्यक्रममा ५ महिलासहित ५६ जनाले रक्तदान गरेका छन् ।

मंगलबार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, नेपाली सेना, सशस्त्र प्रहरी, विद्यार्थी, स्वास्थ्यकर्मीलगायत नियमित स्वयंसेवी रक्तदाताले रक्तदान गरेका हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्ष मनबहादुर केसी (निशान) खत्री र जनमत अर्धसाप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिल थापा मगरलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि रक्तदान जीवनदानको उद्देश्यका साथ नियमित रुपमा सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रमको ५४ औँ श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्षका केसी, पत्रकार शंकरप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत निरञ्जना मल्ल, सुश्री स्वेता विष्ट, नियमित रक्तदाताहरु नीरजमान श्रेष्ठ, लक्ष्मणकुमार वैश्य, पवनकुमार वैश्य, रक्तदाता समाजका कोषाध्यक्ष मनमोहन वर्मालगायतले रक्तदान गरे ।

Kanti Aarogya Hospital Nepalgunj

सो कार्यक्रममा पिस नेपाल डटकम नेपालका प्रवन्ध निर्देशक प्रज्वल चुके, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सुनिल थापा मगर, सोम प्रसाद सापकोटा, होमराज गिरी, महेश राना क्षेत्री, पिमा डाँगी, सजिना कार्की, सञ्जय बढही, सुनिता थापा, केशर सिंह डाँगी, बैकुण्ठ रेग्मी, समिक्षा रोकायाले प्राविधिकमा र अन्यमा आकाश जायसवालले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।

विस २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिँदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५४ औँ श्रृङ्खलासम्म करीब तीन हजार पिन्टसम्म स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।