तीन प्रदेशका पर्यटन व्यवसायी नेपालगन्जमा, टूर प्याकेज बनाउँदै


तीन प्रदेशका पर्यटन व्यवसायी नेपालगन्जमा, टूर प्याकेज बनाउँदै

नेपालगन्ज १६ कार्तिक : पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पर्यटन व्यवसायीहरु नेपालगन्जमा भेला भएकाछन् ।

पर्यटन प्रर्बद्धनमा टूर एण्ड ट्राभल्स् र तारे होटललाई प्रोत्साहित गर्न नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) बाँके च्याप्टरले नेपालगन्जमा आयोजना गरेको चार दिने भ्रमण प्याकेज विकास तालिमका लागि उनीहरु नेपालगन्ज आएका हुन् ।

तीन प्रदेशका पर्यटन ब्यवसायीहरुलाई टूर प्याकेज निर्माण र अन्तर्राष्ट्रिय टिकटिङ्ग ब्यवस्थापनका विषयमा प्रशिक्षण दिन उक्त तालिमको आयोजना गरिएको हो ।

चार दिने तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पश्चिम नेपालको पर्यटकीय गन्तब्यलाई पहिचान गरि पर्यटन व्यवसायीले टूर प्याकेज बनाउनुपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले भने–‘नेपालको अर्थतन्त्रको अवस्थालाई हेर्दा निर्यात भन्दा आयात धेरै छ । अर्थतन्त्रको यो ग्यापलाई समयमै व्यवस्थापन गर्नका लागि पर्यटन प्रर्बद्धन गरि विशेष प्याकेज ल्याइनुपर्छ ।’

देशको अर्थतन्त्र सविलिकरणमा निजी क्षेत्रको अह्म भूमिका रहेको बताउँदै मेयर विष्टले तीन प्रदेशका पर्यटन ब्यवासायीले तालिम पश्चात उनीहरुले बनाउने टूर प्याकेजमा एकरुपता आउने बताए ।

नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले परम्परागतरुपमा हुदैँ आएको पर्यटन उद्योगलाई प्रभावकारी बनाउन तालिमको आवश्यकता महसुस गरि अघि सारिएको बताए । यस क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि हामीले सरोकारवाला निकायसंग प्रभावकारी छलफल र परामर्श गर्दै विभिन्न पर्यटकीय गतिविधि गरिरहेको जानकारी गराए ।

पछिल्लो समय पश्चिम नेपालमा तारे होटल र टूर एण्ड ट्राभल्सले टूर प्याकेज उत्पादन गरि पर्यटकीय गतिविधि बढाउनुपर्ने नाट्टाको निष्ष्कर्ष भएकाले यो प्रशिक्षण राखिएको अध्यक्ष सिग्देलले भने ।

नाट्टा केन्द्रिय कार्यालय र दीगो पर्यटनका लागि जिविकोेपार्जन पुनरुत्थान परियोजनासँगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले चार दिने टूर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ तालिम आयोजना गरेको हो ।

तालिमको उद्घाटनमा होटल व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नाट्टा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंह, नाट्टा कर्णालीका महासचिव देवराज जैशी, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली र पत्रकार झलक गैरेलगायतले तालिमको सफलताको कामना गरेका थिए ।

तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जना टुर अपरेटरहरु सहभागी छन् । नाट्टाका केन्द्रिय सचिव युविका भण्डारी र सुनिल दाहालले तालिमको सहजीकरण गर्दैछन् ।