आम निर्वाचन २०७९

बाँके–२ को ब्याटल ग्राउण्डमा ‘डाक्टर धवल, राईभन्दा करिव १० हजार मतले अगाडी’

बढ्दै राप्रपा र एमालेका उम्मेदवारको चुनावी माहोल


बाँके–२ को ब्याटल ग्राउण्डमा ‘डाक्टर धवल, राईभन्दा करिव १० हजार मतले अगाडी’

नेपालगन्ज २० कार्तिकः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै जाँदा बाँके क्षेत्र नम्बर–२ मा राप्रपा र एमालेका उम्मेदवारको पक्षमा चुनावी माहोल बनेको छ ।

नेकपा एमालेले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलशम्सेर राणा, प्रदेश ‘क’ मा एमालेका बिजयबहादुर यादव र प्रदेश ‘ख’ मा एमालेका निरकबहादुर गुरुङको चुनावी माहोल ढ्दै गएको हो ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डाक्टर राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडि रहेका छन् । दुई पार्टीको पार्टीगत मत बाहेक डाक्टर राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकाले जित निकाल्ने पार्टीपंक्तिमा चुनावी अंकगणिको जोडघटाउ गरिएकोछ ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ ।

Kanti Aarogya Hospital Nepalgunj

यो तथ्यांकका आधारमा पनि डाक्टर धवलको जित सुनिश्चित हुनेमा सबै ढुक्कछन् । दुई पार्टीको चुनावी तालमेलका आधारमा प्रदेशसभा तर्फपनि यादव र गुरुङको जित सहज रहेको छ ।

राप्रपाका महामन्त्री डाक्टर धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डाक्टर राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढी रहेको पाईएको छ ।

२०५४ र २०७४ मा राणालाई यहाँका मतदाताले मेयर पदको जिम्मेवारी सुम्पिएका थिए । भ्रष्टाचार बिरुद्ध आक्रमक र सार्मथ्य अनुसार नेपालगन्जको विकास गरेका यिनै राणाले पाउने पारिश्रमिकबाट कयौं दिनदुखीलाई राहत मिलेको थियो ।

उम्मेदवार डाक्टर राणाले मेयर हुँदाको जस्तै सांसद भएपछि पाउने पारिश्रमिक समाजसेवामा लगाउने घोषणा गरिसकेकाछन् । भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने डाक्टर धवल बाँकेमा ब्राण्डका रुपमा सबैका प्रिय पात्र बन्न सफल छन् ।

राप्रपाका केन्द्रिय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्बर –२ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ । राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गरे ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

थप समाचार

मत किन्ने विरुद्ध शसक्त भएर उभिन मतदातालाई डाक्टर धवलको अपील

प्रचारप्रसारमा धवलको ‘धमाल’, स्वस्फूर्त रुपमा खुल्दै सर्वसाधरण

भाषण र बोलीमा भन्दा विकास र काममा विश्वास गर्ने सदाबहार लोकप्रिय नेता डाक्टर धवल

विरासत जोगाउने दाउमा काँग्रेस, चौका हान्दै धवल, इस्तियाकलाई आफनैबाट डर