गुलरिया (बर्दिया) २३ कार्तिक : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी बामदेव गौतमले नेतृत्व गरेको नेकपा राष्ट्रिय एकता अभियानले बर्दियामा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।
नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बर्दियाका–२ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने निर्णय गरेको नेकपा राष्ट्रिय एकता अभियानका जिल्ला ईन्चार्ज तोफाकुमारी यादवले बताईन ।
सकारात्मक विचार राख्नेहरुविच भएको बैठकको निर्णय र छलपलपछि नेपालको संविधान २०७२ को मान्यता, मुल मर्म र समाजवादतिर लम्केको राष्ट्र, राष्ट्रियताको सुद्धिकरण तथा संविधानलाई बलियो बनाई वृहत वामपन्थी एंव कम्युनिष्ट एकताको पुर्नजागरण सकारात्मक दृष्टिकोणको भावना राख्ने, प्रतिवद्धता जनाउने नजिकका बर्दियामा नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन आग्रह गरिएको जिल्ला इन्चार्ज तोफाकुमारी यादवले जानकारी दिइन् ।
फ्नो मतको सदुपयोग सरी उम्मेदवारलाई जिताउन सबै कार्यकर्ताको महत्वपुर्ण भुमिका रहने नेकपा राष्ट्रिय एकता अभियान बर्दियाका जिल्ला अध्यक्ष देवराज क्षेत्रीले बताए ।
स्मरण रहोस् बामदेव गौतमका बैहिनी ज्वाई लक्ष्मणराज ज्ञवाली बर्दिया क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका लागी नेकपा एमालेबाट चुनावी मैदानमा छन् । यो त्यहि निर्वाचन क्षेत्र हो २०७४ सालमा बामदेव गौतम पराजित भएका थिए ।