जैसवालको धार्मिक विधिपूवर्क अन्त्येष्टी गरियो


जैसवालको धार्मिक विधिपूवर्क अन्त्येष्टी गरियो

डुडुवा (बाँके) २७ कार्तिक : बाँकेका कुशल सञ्चारकर्मी उदयराज जैसवालको धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–३ बनकट्टीको बनकटवा गाउँ निवासी ३३ वर्षीय उनको आईतबार बिहान करिब ११ बजेतिर घरमै निधन भएको थियो ।

सवालको धार्मिक विधिपूर्वक आईतबार दिउँसो नै अन्त्येष्टी गरिएको हो । अन्त्येष्टीका क्रममा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल लगायत अन्य सञ्चारकर्मी तथा आफन्त, ईष्टमित्र, छरछिमेकहरुको उपस्थिती रहेको थियो । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

सञ्चारकर्मी स्वर्गीय उदयराज जैसवालको पार्थिव शरीर धार्मिक विधिपूर्वक अन्त्येष्टी गरिदैँ ।

यसैबीच नेपाल प्रेस युनियन बाँकेका साधारण सदस्य समेत रहेका सञ्चारकर्मी जैसवालको असामयिक निधन भएको प्रति युनियन बाँकेले मर्माहत भएको जनाएको छ ।

युनियन बाँके सचिव विजय मल्लद्वारा जारी शोक वक्तब्यमा भनिएको छ, ‘दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै युनियन स्वर्गीय जैसवालप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछ, साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनि हार्दिक समवेदना प्रकट गर्दछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

जैसवाल मस्तिष्कघात भएर लामो समयदेखि उपचाररत थिए । जैसवाल मस्तिष्कघातले थला परेको अवस्थामा उनकी आमाको पनि १५ दिन अघि मात्र निधन भएको थियो । उपचार गर्ने क्रममा जैसवालले लाखौं रुपैयाँ खर्च गरेका थिए ।

प्रेस युनियन लगायत पत्रकारका संगठन, सञ्चारकर्मी तथा अन्य निकायले पनि उपचारमा सहयोग गरेका थिए । जैसवालको निधनप्रति नेपाल पत्रकार महासंघ, बाँके शाखा, प्रेस सेन्टर, अवधि पत्रकार संघ लगायत संघ, संगठनले पनि दुःख ब्यक्त गर्दै समबेदना प्रकट गरेका छन् ।

थप समाचार

मस्तिष्कघात भएर उपचाररार्थ पत्रकार उदयलाई प्रेस युनियन बाँकेको आर्थिक सहयोग

जन्मदिनमा कल्पनाले गरिन् पत्रकार उदयलाई उपचार सहयोग