गाउँबस्तीमा पनि लोकप्रिय बन्दै डाक्टर धवलसम्शेर


गाउँबस्तीमा पनि लोकप्रिय बन्दै डाक्टर धवलसम्शेर

नेपालगन्ज २८ कार्तिक : बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलसम्शेर राणा गाउँबस्तीमा लोकप्रिय देखिएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामीण टोलबस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका हुन् । बाँके क्षेत्र नम्बर–२ ‘क’ प्रदेश क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, कारकाँदो, बासुदेवपुर, उदयपुर र डुडुवा गाउँपालिकाका छ वटै वडामा प्रतिनिधिसभा सदस्य उम्मेदवार डाक्टर धवलसम्शेर राणाको व्यक्तिगत लोकप्रियता बढ्दै गएको नेकपा एमालेका युवा नेता राजेन्द्र कँडेलले बताए ।

उनका अनुसार, यी क्षेत्रमा हुने नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी सभामा स्वस्फूर्त रुपमा जनताको उपस्थिति ठूलो संख्यामा हुने गरेको छ । वडा नम्बर–१९ बसुदेवपुर र वडा नम्बर–२० मनिकापुरमा आयोजित संयुक्त चुनावी सभामा बृहत जनसहभागिता रहेको थियो ।

राप्रपाका महामन्त्री डाक्टर धवलको पक्षमा नेपालगन्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँबस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डाक्टर राणालाई यो क्षेत्रमा पार्टीगत भन्दा पनि व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राप्रपाका केन्द्रिय महामन्त्री राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर –२ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ ।

नेकपा एमाले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा डाक्टर धवलशम्सेर राणा, प्रदेश ‘क’ मा एमालेका बिजयबहादुर यादव र प्रदेश ‘ख’ मा एमालेका निरकबहादुर गुरुङको जित सुनिश्चित देखिएको हो ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा पनि डाक्टर राणा प्रतिष्पर्धी ठानिएका जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इस्तियाक राईभन्दा करिव १० हजार मतले अगाडी छन् । दुई पार्टीको पार्टीगत मत बाहेक डाक्टर राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले जित सुनिश्चित देखिएको हो ।

राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ । यो तथ्यका आधारमा पनि डाक्टर धवलको जित सुनिश्चित रहेको हो । दुई पार्टीको चुनावी तालमेलका आधारमा प्रदेशसभा तर्फपनि यादव र गुरुङको जित सहज रहेको छ ।