पूर्वमन्त्री जसपाका इस्तियाक धवलसँग फराकिलो मतान्तरमा हारे


पूर्वमन्त्री जसपाका इस्तियाक धवलसँग फराकिलो मतान्तरमा हारे

नेपालगन्ज ७ मंसिर : बाँके क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डाक्टर धवल शम्शेर राणा फराकिलो मतान्तरमा निर्वाचित भएकाछन् । योसंगै राष्ट्रिय प्रजातन्त्र पार्टीले बाँके-२ बाट विजयी सुरूआत गरेको छ।

डाक्टर राणाले निकटतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टी(जसपा) नेपालका मोहम्मद इस्तियाक राईलाई फराकिलो मतान्तरमा पछि पार्दै निर्वाचित भएका हुन् ।

मतगणनाको सुरुवातीदेखि नै अग्रता लिएका डाक्टर धवलले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै विजयी भए । डाक्टर राणाले निकटतम प्रतिद्वन्द्वी जनता समाजबादी पार्टी(जसपा) नेपालका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मतले हराए । राईले कुल २३ हजार ५ सय २० मत प्राप्त गरे ।

प्रतिस्प्र्रधीमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने राणालाई प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएको हो । दुई दिनसम्म लगातार चलेको मतगणनाको अन्तिम परिणामबाट राणा निर्वाचित भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपाली काँग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोदकुमार अग्रहरीले १ हजार ३ सय ३३ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवारद्वय इरफान अहमद शेखले एक हजार २८९ र दीवाकर खनालले ५२८, नेकपा माक्र्सबादी(पुष्पलाल)का खलु प्रसाद थारुले ५९६ र लोसपा नेपालका अब्दुल हन्नान जसगढले ५१२ मत प्राप्त गरे।

आम निर्वाचनको मिति घोषणासगैं बहुचर्चाको क्षेत्र बनेको बाँके क्षेत्र नम्बर–२ को चुनावी प्रतिस्प्र्रधा रोचक त थियो नै मतगणना पनि उत्तिकै चाख लाख्दो बन्यो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका डाक्टर धवल शम्सेर राणा, नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र जनता समाजबादी पार्टी, (जसपा) नेपालका मोहम्मद इस्तियाक राईबीच त्रिपक्षिय चुनावी भिडन्त भएको थियो ।

निर्वाचनमा होमिएका तीनैजनाबीच प्रतिस्प्रर्धा भएपनि डाक्टर धवल र राईबीच नै कडा प्रतिस्प्रर्धा भएको थियो । चुनावमा जीत हाँसिल गर्न यी दुई शक्तिले बडो कसरत गरेका थिए ।

मतगणनाको सुरुवाती चरणबाटै अग्रता कायम गरिरहेका नेकपा एमाले–राप्रपा गठबन्धनतर्फबाट राप्रपाका डाक्टर धवल आफ्ना निकटतम प्रतिद्वन्द्वी पुर्वमन्त्री समेत रहेका इस्तिायकलाई फराकिलो मतान्तरले पछाडी पारी जित सम्मुख भएका थिए ।