बाँकेमा बढ्दो सवारी दुर्घटना, ६० जनाले ज्यान गुमाए

हप्तामा १ जनाको मृत्यु, तिव्र गति र चालकको लापरबाहीबाट बढी दुर्घटना


बाँकेमा बढ्दो सवारी दुर्घटना, ६० जनाले ज्यान गुमाए

नेपालगन्ज: बाँकेमा सवारी दुर्घटना बढेको पाइएकोछ । जिल्लामा दुर्घटनाको दर बढेसगैं ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भएको छ । जिल्ला ट्राफि कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्यांकका आधारमा जिल्लामा भएका सानाठूला सडक दुर्घटनामा परि ६० जनाले अनाहकमा ज्यान गुमाएको तथ्यांकमा उल्लेखछ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले आर्थिक वर्ष २०७५/०७६ को एक तथ्यांक सार्वजनिक गर्दै जिल्लामा भएको सडक दुर्घटनामा परि ६० जनाले ज्यान गुमाएको जनाएकोहो ।

यसरी वर्षभरी भएको सवारी दुर्घटनामा परि ४२ जना पुरुष, १४ जना महिला, ४ जना बालक गरि जम्मा ६० जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको संख्यासगैं घाईते हुनेहरुको संख्या पनि बढेको पाइएकोछ । जिल्लामा वर्षभरी भएका दुर्घटनामध्ये ९९ वटा ठूला दुर्घटनामा परि ४५ जना पुरुष, २३ जना महिला, ७ जना बालक र १ जना बालिका गरि ७५ जना गम्भीर घाईते भएकाछन् ।

यस्तै ५४ जना पुरुष, २९ जना महिला र ३ बालिका गरि ८६ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेखछ । भने २ वटा पशुचौपायाको मृत्यु हुनुका साथै १ वटा घाईते भएको समेत प्रतिवेदनमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकलाई हेर्दा बाँकेमा प्रत्येक हप्ता सरदर २ वटा सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । यसरी हप्तामा हुने दुर्घटनाबाट प्रत्येक हप्ता कम्तिमा १ जनाको मृत्यु अनि ३ जना गम्भीर घाइते हुने गरेको पाइएको हो । यी सवै दुर्घटनाका प्रमुख कारण भने चालकको लापरवाही र तीब्र गतीलाई नै औंल्याइएको छ ।

तथ्यांकलाई हेर्दा भएका ९९ ठूला दुर्घटनामध्ये तीब्र गतिका कारण ३९ वटा, चालकको लापरवाहीका कारण ३९ वटा, ओभरटेक गर्दा ७ वटा, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा ५ वटा, खराब सडकका कारण ४ वटा, छाडा चौपायाका कारण ३ वटा र यान्त्रिक कारणले २ वटा दुर्घटना भएको ट्राफिक प्रहरीको प्रतिवेदनले जनाएको छ ।

दिन र रात दुवै असुरक्षित
जिल्ला ट्राफिक कार्यालय बाँकेले सार्वजनिक गरेको वार्षिक तथ्यांकलाई अध्ययन गर्दा दिन र रात दुवै समयमा सवारी दुर्घटना हुने गरेको पाइएकोछ । बाँके जिल्लामा हुनेगरेका सवारी दुर्घटना मध्ये सवैभन्दा बढी दुर्घटना बेलुकी ६ बजेदेखि राती १२ बजेको अवधिमा बढी दुर्घटना हुने गरेकोछ । यस्तै दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको अवधिमा दुर्घटना हुने गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको रिपोर्ट अनुसार जिल्लामा भएका वर्षभरी भएको ९९ ठूला दुर्घटनामध्ये बेलुकी ६ बजेदेखि १२ बजेको अवधिमा भएको छ । यो अवधिमा सवैभन्दा बढि ४३ वटा दुर्घटना भएकाछन् । भने दिउँसो १२ बजेदेखि बेलुका ६ बजेको अवधिमा ३५ वटा सवारी दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्यांकका आधारमा हेर्दा सवैभन्दा बढी आईतबार सवारी दुर्घटना भएकाछन् । भने मङ्गलबार सवैभन्दा कम सवारी दुर्घटना भएको तथ्यांकले देखाएकोछ ।

वर्षभरी भएका सवारी दुर्घटनालाई हेर्दा आईतबार २० वटा सवारी दुर्घटना भएका छन् । यस्तै सोमबार १९ वटा, मङ्गलबार ४ वटा, बुधवार ११ वटा, बिहीबार ८, शुक्रवार १८ वटा र शनिवार १९ वटा सवारी दुर्घटना भएकाछन् ।

तीस हजार बढी सवारीसाधन कारबाही

आर्थिक वर्ष २०७५/०७६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ३० हजार ५ सय ६३ सवारीसाधनलाई कारबाही गरेको छ । जसमा मादक पदार्थ सेवन गरि सवारी चलाएको (मापसे) कारबाहीमा १ सय ८९ जना परेका छन् । भने १ सय ७७ जना नो हर्नको कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्यांकमा उल्लेखछ । यस्तै ट्राफिक कम्युनिकेसन एप्सको मद्दतमा १ सय २३ वटा सवारीसाधनलाई कारबाही गरिएको छ ।

जिल्लाको ट्राफिक व्यवस्थापनमा देखिएका मुख्या समस्यामा जनशक्तिको कमी, सडक विस्तार नहुनु, वैज्ञानिक श्रोतसाधनको कमी, चालक, तथा यात्रीमा जनचेतनाको कमी, यातायात व्यवसायीमा प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र फितलो कारबाही लगायतलाई जिल्ला ट्राफिक कार्यालय बाँकेले औंल्याइएको छ ।