यस चलचित्रको औपचारिक निर्माण घोषणा नभएपनि कलाकार तथा निर्देशकहरु चलचित्रको लागि वर्कसप गरिरहेका छन् । नायिका उर्वसी पनि चलचित्रको काममा लागिससकेकी छिन् ।
उर्वसीको लागि यो चलचित्र विल्कुल फरक हुनेछ । ‘ग्रेट ग्रान्ड मस्ती’ नामक चलचित्रमा काम गरेपछि उनको चर्चा भन्दा बढी आलोचना भएको थियो । ‘ग्रेट ग्रान्ड मस्ती’मा भुत बनेकी उनी यस चलचित्रमा कमेडी गर्न तम्सिएकी छिन् । उर्वशीको सुन्दरताको चर्चा भएपनि उनको अभिनयले दर्शकको मन जित्न सकेको छैन । यसैले यो चलचित्र उनका लागि विशेष हुने बताइएको छ ।