कोभिड हिरो नरेश भारतमा सम्मानित


कोभिड हिरो नरेश भारतमा सम्मानित

नेपालगन्ज २५ मंसिर : भारतीय दलित साहित्य एकेडेमीले स्वास्थ्य कार्यालय, बाँकेका खोप तथा नसर्ने रोगका फोकल पर्शन नरेशबाबु श्रेष्ठलाई ‘डा अम्बेडकर एक्सीलेन्सी सर्भिस अवार्ड –२०२२’ बाट सम्मान गरेकोछ ।

भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमकाबीच भूपू संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डाक्टर शक्तिनारायण जतिया र रेलवे मन्त्री रमेशचन्द्र रातनले देशका विभिन्न व्यक्तित्व उपस्थित एक कार्यक्रमका बीच आईतबार सम्मानसहित सो अवार्ड प्रदान गरेका हुन् ।

कोभिड हिरो श्रेष्ठलाई लामो समयदेखि दलित, जनजाती लगायत समाजमा पछि परेका र सीमान्तकृत नेपाली र विदेशी नागरिकलाई स्वास्थ्यलगायत सामाजिक सेवा प्रदान गरी सो समुदायको सेवा तथा विकासमा महत्वपूर्ण योगदान पु¥याएकोमा सोको उच्च मूल्यांकन गरी नेपाल दलित साहित्य एकेडेमीको मूल्यांकनका आधारमा भारतीय दलित साहित्य एकेडेमीले सो अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठले नेपालको दुर्गम जिल्ला हुम्लामा ११ वर्ष सेवा गरी त्यहाँका नागरिकको स्वास्थ्य सेवा प्रर्बद्धनमा महत्वपूर्ण योगदान पु¥याएका थिए भने कोभिड–१९ को विश्वव्यापी महामारीको बेला बाँकेमा रही कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आउने विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पु¥याएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने ब्यक्तिको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाईनमा रहेर सहासिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । सो सेवाको उच्च मूल्यांकन गर्दै यसभन्दा अघि समेत उनी राष्ट्रपतिबाट प्रबल जनसेवा श्री(चौथो), नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा, एकाउण्टबिलिटी ल्याबबाट कोभिड हिरो, बास नेपालबाट कोभिड विरुद्धको सम्मान लगायतका अन्य धेरै सम्मान तथा कदर पत्रहरु प्राप्त गरेकाछन् ।