टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग


टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग

नेपालगन्ज ६ पुषः विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामाग्री सहयोग गरेको छ ।

टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका बिरामीका लागि उक्त सामाग्री सहयोग गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगन्ज उपमहानगरपालिका– ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका फोकलपर्सन मानबहादुर नेपालीलगायतले टिबी नेपालका अध्यक्ष लक्ष्मण रेग्मीलाई उक्त सामाग्री हस्तास्तरण गरे ।

विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रवन्धक गंगाराम बुढाथोकीका अनुसार, २० थान लोबेड, २० बेड लकर टेबुल, २० थान म्याट्रेस, २० सिरानी, २० थान झुल, २० थान बलाङ्केट, सय थान ज्याकेट, सय थान टोपी, २० थान हटब्याग, ८० थान पोलार बलाङ्केट, कार्पेट, शुद्ध खानेपानीका लागि वाटर प्यूरीफिकेशन जडान गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

होस्टेलमा ३१ जना विरामी भर्ना भएका छन् भने १४ जना नियमित बसिरहेको टिबी नेपालका कार्यक्रम संयोजक हिक्मत खड्काले जानकारी दिए ।