किसानका हरपलको साथी ‘गोरुगाडा’ : खेत, अस्पताल हुँदै विहेमा प्रयोग


किसानका हरपलको साथी ‘गोरुगाडा’ : खेत, अस्पताल हुँदै विहेमा प्रयोग

गुलरिया(बर्दिया) ११ पुष : बर्दिया लगायतका तराई मधेश क्षेत्रमा ‘गोरुगाडा’ अर्थात डल्लपको प्रयोग अझैँ पनि यथावत छ ।

प्रविधिमा आएको परिर्वतनमा पनि भुगोलको एक कुनाबाट अर्को कुनासम्म पुग्न अझैं गोरुगाडाको प्रयोग गरिदैँछ । २१ औँ शताब्दिमा प्रविधि र साधनमा भएको विकासले गोरुगाडालाई विस्थापित गर्न सकेन । बर्दियाको सदरमुकाम गुलरियामा मात्र होइन बर्दियाका हरेक दुरदराजमा अझै पनि गोरुगाडाको प्रयोगलाई पहिलो प्राथमिकता दिइन्छ।

यातायात तथा सामान ढुवानीका लागी प्रयोग गरिने अन्य साधन हुँदा पनि बर्दियाका किसानहरुले गोरुगाडाको प्रयोगलाई पहिलो प्राथमिकतामा राखेका हुन ।

आफ्ना हजुरबुवा, जिजुबुवादेखि प्रयोग हुदँै आएको यस्ता साधनलाई टायरको चक्का भएकोलाई ‘डल्लप’ र काठको चक्का भएकोलाई ‘लडिया’ समत भन्ने गरीन्छ । बर्दिया जिल्लाको ग्रामीण भेगहरुमा समेत अहिले पनि यसको प्रचलन उत्तिकै बढी छ । अधिकांश किसानको आफ्नै घरमा हुने भएकाले जतिबेला चाहियो उतिबेला प्रयोग गर्न सकिने र त्यका लागि चाहिने राँगा अथवा गोरुको सहायताले यसको प्रयोग गरिन्छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

तराईका बिभिन्न जिल्लाहरुमा परापुर्वकालदेखि चल्दै आएको ‘गोरुगाडा’को प्रयोग अहिले पनि स्थानीय स्तरमा यथावत नै रेहको छ । मुख्यतया खेतीकिसानीको कामका लागि प्रयोग गरिने यो साधन घरको काम, मेलापात, बजार जाँदा–आउँदा होस् अथवा विहे, भोजभतेरमा पुग्नदेखि विरामीलाई अस्पतालसम्म पु¥याउन यसको प्रयोग अहिले पनि उत्तिकै गरिन्छ ।

गाउँ घरमा खेतमा भएका अन्नपात घरसम्म पुर्याउँन होस या दुःख बिमार पर्दा अस्पतालसम्म पुरयाउँन होस् यसको प्रयोग हुने गरेको छ । न त कर तिर्नु पर्ने न त कुनै दस्तुर बुझाउँनु पर्ने भएका कारण यसको प्रयोग सहज छ ।
गुलरिया नगरपालिका– ६ का नक्कउ धोवी डल्लप आफ्नो यातायातको साधन भएको बताउँछन् । उनका अनुसार खेतमा रहेको अन्नबाली भित्रयाउन होस् वा विरामीलाई अस्पताल लैजान यसकै प्रयोग गर्दै आएकाछन् ।

सरकारले विभिन्न समयमा यातायात एव ढुवानीलाई सहज बनाउनका लागी नयाँ प्रविधि तथा विकासको कुरा गरिरहेतापनि बर्दियाका किसानहरुसम्म त्यस्तो प्रविधि एंव सडक सञ्जालको पुर्ण विकास भइ नसकेको अवस्थामा अझै पनि गोरुगाडाद्वारा सञ्चालित लडिया चलाउन किसानहरु बाध्य छन् ।

सरकारले ट्रयाक्टर र बिभिन्न ढुावनीका साधनहरुको कर तिर्नु पर्ने ब्यवस्था गरेको छ । वार्षिक रुपमा सरकारलाई ढुवानीका साधनको कर तिर्नु पर्ने भए पनि घरमा भएको गोरु गाडाको कुनै कर समेत तिर्नु पर्दैन जसले गर्दा कृषकको आर्थिक भार कम हुने गर्दछ । पटक–पटक सरकारलाई कर तिर्दा समेत ठुलो रकम जाने भएकाले गाउँमा प्रचलनमा रहेको गोरु गाडाले कृषकलाई सहज बनाएको बारबर्दिया नगरपालिका–२ का सोम थारु बताए ।

गोरुगाडाको निर्माण स्थानीय काठ रस्सी र टायर अथवा काठकै चक्काबाट गरिएको हुन्छ जसले गर्दा आयातित बस्तुको प्रयोग बारम्बार गर्नु पर्दैन र त्यसको प्रयोग आफुले चाहे अनुसार गर्न सकिने भएकाले पनि यसको प्रयोग गाउँघरमा गर्ने गरेको देखिन्छ । हुने खाने समुदायका मानिसहरुले टयाक्टर खरिद गर्ने गरेको भएपनि दैनिक मजदुरी गर्ने र सामान्य नागरिकले डल्लपको नै प्रयोग गर्दै आइरहेका हुन । डल्लप विवाहका लागी जन्ती जाने साधनको रुपमा पनि प्रयोग हुने गरेको छ ।