माघ पहिलो साता खजुरामा पाँचौं मेयर कप प्रतियोगिता


माघ पहिलो साता खजुरामा पाँचौं मेयर कप प्रतियोगिता

नेपालगन्ज १२ पुषः आगामी माघ पहिलो सातादेखि बाँकेको खजुरा गाउँपालिकामा पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद हुने भएकोछ ।

खजुराका प्रध्यानाध्यापकहरुको बैठकले आगामी माघ ५ गतेदेखि १० गतेसम्म मेयर कप रनिङ शिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर– ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको व्यवस्थापन तथा सञ्चालनमा रनिङ शिल्ड प्रतियोगिता गरिने खजुरा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले जानकारी दिए । प्रतियोगिता खजुराको मिनि रङशालामा गरिने भएकाले पनि भव्य हुनेमा विश्वास गरिएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा १३ वटा खेलमा माध्यमिक तहका विद्यार्थी खेलाडीहरुले सहभागिता जनाउने छन् । त्यस्तै १० वटा खेलमा आवि तहको सहभागिता रहनेछ भने ५ वटा आधारभुत तहको विद्यार्थिहरुले सहभागिता जनाउन पाउने निर्णय गरिएको शिक्षा शाखाका प्राविधिक सहायक निर्मल रेग्मीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतियोगिताको सञ्चालनका लागि तयारी सुरु भैसकेको शिक्षा शाखा प्रमुख मल्लले जनाए । मंगलबार बसेको बैठकमा प्रधानाध्यापकहरुसँगै वरिष्ठ एथलेटिक्स मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ, खेल प्रशिक्षक लालबहादुर गुरुङ, वडा नम्बर चारका वडाध्यक्ष टेक बहादुर रोका क्षेत्री, खजुरा शिक्षा समितिका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।