File Photo
नेपालगन्ज ११ माघ : नेपाल सरकार मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरूलाई थप नियमन गर्ने निर्णय गरेको छ । जसअनुसार बिना अनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द रहने निर्णय गरिएको हो ।
त्यस्तै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात् पनि चलिरहेका क्रसर उद्योगहरू पनि बन्द गर्ने निर्णय गरिएको छ ।
अन्यका हकमा मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा मन्त्रिपरिषद् बैठकले तोकेको छ ।