जमुनाह नाकामा बालमैत्री परामर्श केन्द्र


जमुनाह नाकामा बालमैत्री परामर्श केन्द्र

नेपालगन्ज १३ माघ : बेचबिखनको जोखिममा परेका बालबालिकाका लागि जमुनाह नाकामा बालमैत्री परामर्श केन्द्र सञ्चालनमा आएकोछ । मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाकामा बालमैत्री परामर्श केन्द्र स्थापना गरेको हो ।

बेचबिखनको जोखिममा परेका र जोखिमपूर्ण यात्रामा रहेका बालबालिकालाई परामर्श दिन शक्ति समूहले जमुनाह नाकामा बाल परामर्श केन्द्र स्थापना गरेको हो । यस्तै शक्ति समुहले जिल्ला प्रहरी कार्यालय, बाँकेको परिसरमा कानूनी विवादमा परेका बालबालिकाहरुका लागि बाल निगरानी कक्ष समेत स्थापना गरेकोछ ।

बाँकेको दुई ठाउँमा स्थापना गरिएको बालमैत्री परामर्श केन्द्र र बाल निगरानी कक्षको शुक्रबार एक समारोहकाबीच औपाचारिक उद्घाटन गरिएकोछ ।

बालमैत्री परामर्श केन्द्र र बाल निगरानी कक्षको शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले उदटन गरे । सो अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

शक्ति समूहकी अध्यक्ष तामाङले आफूहरुले २५ वर्षदेखि बेचबिखन रोकथाम, संरक्षण, क्षमता अभिवृद्धि, सशक्तीकरण र पीडितलाई कानूनी सहयोगको काम गरिरहेको र त्यसकै एउटा कडी बालमैत्री मनोविमर्श केन्द्र भएको बताइन् ।

मानव बेचबिखन न्यूनीकरणमा अहिले सञ्चालनमा ल्याइएको संरचनाले ठूलो सघाउ पु¥याउने बताउँदै अध्यक्ष तामाङले बाटोमा बसेर गर्नुपर्ने अनुसन्धान र परामर्श अब सुविधायुक्त भवनबाट हुने बताइन् ।

सोक्रममा सरकारी वकिलको कार्यालयका प्रकाश भण्डारी, बाँकेका प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, शक्ति समूहकी निर्वतमान अध्यक्ष एवम कार्यकारी निर्देशक बालकुमारी दर्लामी, महिला विकास अधिकृत शोभा शाह लगायतले शुभकामना दिएका थिए ।

शक्ति समूहले देशका १८ जिल्लामा बेचबिखनविरुद्ध काम गरिरहेको जनाएको छ । ५ वटा सेल्टर होम छन् । एक सय ३१ जना सदस्य रहेको शक्ति समूहले सन् २००९ देखि बाँकेमा काम गर्दै आएको छ ।

शक्ति समूह बाँकेकी प्रमुख निर्मला पौडेलका अनुसार १६ लाख रुपैयाँ खर्च गरेर ईलाका प्रहरी कार्यालय, जमुनाहामा एट्याच बाथरुमसहितको २ कोठा र बैठक कक्षको बालमैत्री परामर्श केन्द्र तथा जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको परिसरमा २ कोठाको बाल निगरानी कक्ष बनाइएको छ ।