चलचित्रको ट्रेलरमा सुशिलको मिहिनेत देखिएको छ । उनको साथमा चलचित्रमा प्रशान्त ताम्राकारलाई देख्न सकिनेछ । प्रशान्त र सुशिलको भिडन्त गज्जबको छ । चलचित्रमा टिका पहारी, नरेश पौडेल, रवि गिरी, सुभेच्छा खड्का, सुपुष्पा भट्टको मुख्य भूमिका छ ।
यो चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । केही चलचित्रमा सह–निर्देशकको रुपमा काम गरेका भण्डारीले केही नयाँ कथामा चलचित्र बनाएको बताए । चलचित्रमा दिपेन्द्र रेग्मी र गोमा थापाको लगानी छ । चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चन्द्रको एक्सन निर्देशनको जादु ट्रेलरमा देखिएको छ ।