पेट्रोलियम पदार्थको मूल्य बढ्यो


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालगन्ज २३ माघ : सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन÷तीन रूपैयाँ बढाएको छ ।

सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पु¥याएको छ । यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टीतेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ १७० रूपैयाँ प्रतिलिटर र बाह्यतर्फ १.४२० डलर कायमै राखिएको छ । एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ८०० नै कायम राखिएको छ ।