नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य


नेपालगन्ज म्याराथनको क्रिकेटमा सहकार्य

नेपालगन्ज २६ माघ : दौड संस्कृतिलाई बढावा दिने उद्देश्यले धारा नेपालगन्ज म्याराथनले वर्षभरि विभिन्न गतिविधि गर्ने कार्य अन्तर्गत नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगितामा सहभागि टिमसँग सहकार्य गरेको छ ।

मंगोलियन स्पोर्ट्स क्लबलाई जर्सी सेट प्रदान गरेर खेल संस्कृति बढाउने अभियानमा सहकार्य गरेको हो ।

बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, धारा नेपालगन्ज म्याराथनका सिओ सौगात विक्रम शाह, हेल्दी क्याफे हस्पिटलका एमडी कमिल हलवाई र टिम कप्तान एस हमालले जर्सी सार्वजनिक गरे । अब टिमले धारा मंगोलियन स्पोर्ट्स क्लबका नामबाट मेयर कप खेल्नेछ ।

‘दौड हरेक खेलका लागि अनिवार्य शर्त हुनेगर्छ । दौडमा राम्रो हुनेले सबै खेलमा राम्रो गर्नसक्छ ।’ सिओ सौगात विक्रम शाहले भने –‘तसर्थ हरेक खेललाई दौडसँग जोड्दैछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

आठौं नेपालगन्ज म्याराथन गत मंसिर २४ गते सम्पन्न भएको थियो । नेपालगन्ज म्याराथन नेपालबाट विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को पहिलो सदस्य हो ।

नेपालमा पहिलोपटक धावकहरुलले इलेक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरेर दौडिएका थिए । राज्य र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो साता नेपालगन्ज म्याराथन हुने गर्दछ ।