राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने


राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने

नेपालगन्ज ३ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) दाङ जाने भएकी छन्।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको उदघाटनका लागि राष्ट्रपति भण्डारी दाङ जान लागेकी हुन्।

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिएका थिए।

२४ करोड ७२ लाख ३८ हजार ४६६ रुपैयाँको लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो। निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगमार्फत् प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताए। ३ तले सो भवनमा १०८ कोठा रहेका छन्। उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्ण रूपमा शिक्षणमा उपयोग गरिएको छ। राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ।