कोहलपुर १२ फागुनः कोहलपुरमा जारी लुम्बिनी प्रादेशिक महोत्सवमा चर्चित गायक तथा मोडल चक्र बमले बेजोड प्रस्तुती दिएका छन् । महोत्सवको आठौँ दिन युवा पुस्तामा निकै लोकप्रिय गायक तथा मोडल बलम बेजोड प्रस्तुती दिएका हुन् ।
उनले महोत्सवमा करिब १ घण्टा आफ्ना चर्चित गीतहरु सुनाएका थिए । उनले गाएका हरेक गीतमा दर्शकहरुले अभूतपूर्व साथ दिए । उनका हरेक गीतमा दर्शकहरुले नाच्दै गाउँदै साथ दिएका थिए । उनका गीत विशेषगरेर युवापुस्तामा लोकप्रिय छन् ।
उनले केही महिनाअघि मात्रै रिलिज गरेको ‘कर्णाली, कर्णालीतिर’ देखि पुराना गीत ‘दाउ सड्काउने, जाडको झोल, ओए काँजल, बम्बै गइजाने’ लगायतका गीत प्रस्तुत गरेका थिए । उनलाई विशेष गरेर युवायुवतीहरुले हरेक गीतमा नाचेर साथ दिएका हुन् ।
आठौँ दिनको अन्तिम प्रस्तुती दिएका उनले राती हुँदासमेत दर्शकले उनलाई ‘वान्स मोर, वान्स मोर’भन्दै गीत गाउन आग्रह गरेका थिए । महोत्सवमा चक्र बमसहित गायिका रिता केसी, रेश्मा पुन र गायक एमटी महरले विशेष प्रस्तुती दिएका थिए ।
कार्यक्रमको उद्घोषण गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी र कोश खड्काले गरेका थिए । फागुन ११ गते नेपाल आईडलबाट उदाएकी अस्मिता अधिकारीसहित कोहलपुर महोत्सवमा सातौ दिन सुरेन्द्र केसी (मुला साग), जोगिन्दर पानवाला र गायक डिजराज पौडलले आफ्नो प्रस्तुती दिएका थिए ।
एलिना चौहानसहित स्वरुपराज आचार्यको प्रस्तुती
लुम्बिनी प्रादेशिक महोत्सवको नवौ दिन शनिबार युवा पुस्तामा निकै चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुती रहने आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
चौहान पछिल्लो समय देशभर निकै रुचाइएकी गायिका हुन् । उनका ‘धोकेबाज हौँ तिमी’ र ‘मिनरल वाटर’ लगायतका गीत निकै चर्चित छन् । यसैगरी स्वरुपराज आचार्य र सत्यराज आचार्य पनि कोहलपुर आउने भएका छन् । स्वरुपराज डाँडाघरे साइली गीतबाट निकै चर्चित छन् । यस्तै चर्चित नृत्यांगाना आरुसी मगरको पनि प्रस्तुती रहनेछ । यस्तै स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
थप समाचार
कोहलपुर प्रादेशिक महोत्सव: नृत्य प्रतियोगितादेखि विद्यार्थीलाई निःशुल्क अवलोकनसम्म
कोहलपुर प्रादेशिक महोत्सवमा साढे २ करोडको कारोबार