नेपालगन्ज ३ चैत्र : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टिमका सदस्य (खेलाडी)लाई जनही ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार राष्ट्रिय क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको छ ।
बिहीबार संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको छ ।
बिहीबार नेपालले यूएईको प्रतिस्पर्धा गर्दा प्रधानमन्त्री प्रचण्ड खेलाडीलाई हौसला दिन तथा खेल हेर्न त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका थिए ।
थप समाचार
पीएनजीविरुद्ध नेपालको शानदार जित, विश्वकप छनोटबाट १ खेल मात्रै टाढा
नेपालले जोगायो एकदिवसीय मान्यता