बुद्ध एयरले ल्यायो नयाँ वर्ष योजनाः हरेक दिन एक भाग्यशाली यात्रुलाई फिर्ती टिकट सित्तैमा


बुद्ध एयरले ल्यायो नयाँ वर्ष योजनाः हरेक दिन एक भाग्यशाली यात्रुलाई फिर्ती टिकट सित्तैमा

नेपालगन्ज २४ चैत्र : बुद्ध एयरले नयाँ वर्ष २०८० लक्षित योजना सार्वजनिक गरेको छ ।

निजी वायुसेवा कम्पनीले आफ्नो एप र वेबसाइटबाट टिकट काट्ने मध्ये एकजना भाग्यशाली यात्रुलाई फिर्ती टिकट उपहार दिने सूचना अधिकारी दिपेन्द्र कर्णले बताए ।

‘नयाँ वर्ष उपहारअन्तर्गत हरेक दिन हामीले विभीन्न गन्तब्यमा उडान गर्ने यात्रुलाई एउटा फ्रि रिटर्न टिकटको व्यवस्था गरेका छौं ।’ सूचना अधिकारी कर्णले भने, ‘आउँदो चैत मसान्तसम्मका लागि यो योजना लागू हुनेछ ।’

हवाई सेवा लिँदै आएका यात्रुका लागि नयाँ वर्षलाई अवसर बनाएर यो योजना लागू गरेको उनले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

हाल यो कम्पनीले एटिआर–४२ र एटिआर–७२ सिरीजको जहाजमार्फत नेपालगन्ज, धनगढी, पोखरा, विराटनगर, भरतपुर, भद्रपुर, सुर्खेत लगायत विभीन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ ।