सिद्धार्थ भ्यूको न्यू इयर इभ, रैथाने परिकारसंगै झुम्नेछन् नेपालगन्जबासी


सिद्धार्थ भ्यूको न्यू इयर इभ, रैथाने परिकारसंगै झुम्नेछन् नेपालगन्जबासी

File Photo

नेपालगन्ज २४ चैत्र : पश्चिम नेपालको ‘गेट वे’ नेपालगन्जमा रहेको सिद्धार्थ भ्यूले ‘न्यू इयर इभ–२०८०’ सञ्चालन गरि नेपालगन्जबासीलाई झुमाउने भएकोछ ।

हरेक वर्ष झैं यस वर्ष पनि नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रिय ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुतीका साथ नयाँ वर्षलाई भव्य स्वागत गरिदैँछ । यसका लागि होटल सिद्धार्थले कलाकार इन्दिरा जोशी, डिजे–नाना, द–अफ–रोड ब्याण्डसहित स्थानीय नृत्य पस्किदैछ ।

सहभागिताका लागि एक हजार ९ सय ९९ सय वयस्क, ३ हजार ७ सय ९९ सय जोडी र ९ सय ९९ सय रुपैयाँ १२ वर्ष मुनिका बालबालिकाहरुका लागि टिक व्यवस्था गरिएकोछ । उक्त टिकटमा स्वागत पेय एक बोटल बियर वा जुस, असिमित खाजा, अन्तराष्ट्रिय बुफे डिनर निःशुल्क प्रदान गरिने होटल सिद्धार्थले जनाएकोछ ।

होटल सिद्धार्थका अनुसार नयाँ वर्ष इभका लागि आगामी चैत्र ३० गते बेलुका ४ बजेसम्म टिकट खुल्ला गरिएकोछ । टिकट बुकिङको लागि होटल सिद्धार्थ नेपालगन्ज र सिद्धार्थ ग्रुप अन्तरगतका सिद्धार्थ कटेज नेपालगन्ज, एस क्याफे नेपालगन्ज र एस क्याफे कोहलपुरबाट न्यू इयर इभमा सहभागिता जनाउनका लागि टिकट बुकिङ गर्न लिन सकिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रम चैत्र मसान्त बेलुका साढे ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन गरिनेछ ।

लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुकभर ३० वटा होटल, रिसोर्ट, क्याफे, आतिथ्य संस्थान, ट्रेड मार्ट लगायत अन्य विभिन्न कम्पनीहरु सञ्चालित छन् ।

नयाँ जोश, जाँगर र उत्साहका साथ रमाइलोसँग नयाँ वर्ष मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको होटलका सेल्स एण्ड मार्केटिङ्ग प्रबन्ध नविन भट्टले बताए ।

‘यही शुल्कबाट हामीले कार्यक्रम स्थलमा पाहुनाका लागि रात्रीकालिन खानाको उपलब्ध गराउँछौं,’ उनले भने ‘पटक–पटक पैसा तिरेर खानुपर्ने झण्झटलाई हामीले अन्त्य गरेका छौं, टिकट काटेको पैसाबाट नै प्याकेजमा खान पाउनु हुन्छ ।’

सिद्धार्थ ग्रुपका पश्चिम क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना महामारीका कारण पछिल्लो दुई वर्षसम्म सांङ्गितिक मनोरञ्जन गर्न नपाइरहेको अवस्थामा २०८० सालको स्वागतका लागि रमाईलो जमघट गराउन कार्यक्रम गर्न लागिएको बताए । उनले ‘अङ्ग्रेजी नयाँ वर्षमा मात्र हुने यसखाले कार्यक्रम पछिल्ला समय नेपाली नयाँ वर्षमा समेत गरिन थालिएपछि यसले समग्र नेपालीलाई नयाँ उर्जा प्रदान गरेकोछ ।’ न्यौपानेले भने–‘परिवार, साथीभाई र आफन्तका साथ सांगेतिक मनोरञ्जनकाबीच सिद्धार्थका स्वादिष्ट खाना खाँदै नयाँ वर्षको स्वागत गर्न सकिनेछ ।’

होटल सिद्धार्थ नेपालगन्जले हरेक नयाँ वर्षको पूर्वसन्ध्यामा विभिन्न कलाकारहरु सहित कार्यक्रम गर्दै आएको छ ।