एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

नागरिक अभिनन्दनका लागि १५ वटा समिति निर्माण


एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

File Photo

नेपालगन्ज १४ वैशाखः पश्चिम नेपालको एक महिने भ्रमणका लागि राजा ज्ञानेन्द्र शाह भोली(शुक्रबार) नेपालगन्ज आउने भएकाछन् । राप्रपाका सहमहामन्त्री एवं प्रचार–प्रसार उपसमितिका संयोजक ऋषिराज देवकोटाका अनुसार राजा ज्ञानेन्द्र आफ्ना परिवारसहित भोलि शुक्रबार नेपालगन्ज आउँदैछन् ।

शुक्रबार बेलुका नेपालगन्ज आउने राजाको १७ गते जुम्ला भ्रमण छ भने १८ गते नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम तय गरिएकोछ ।

एक महिना नेपालगन्जमा बसेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने राजाको २० गते नेपालगन्जको रामलिला मैदानमा नागरिक अभिनन्दन गरिदैँछ ।

राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगन्जमा तयारी तिव्र पारिएको छ । राजाको नेपालगन्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ ।
राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डाक्टर धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिलाई समेटेर समिति बनाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नितु चन्दको संयोजकत्वमा स्वागत, ओमप्रकाश आजादको संयोजकत्वमा मञ्च व्यवस्थापन, ऋषिराज देवकोटाको संयोजकत्वमा प्रचारप्रसार, नन्दलाल वैश्यको संयोजकत्वमा आर्थिक, तारामान कुँवरको संयोजकत्वमा यातायात, विन्दु चर्तिमगरको संयोजकत्वमा संघ संंस्था समन्वय, हुकुम केसीको संयोजकत्वमा स्वयंसेवक र मंगल जीएमको संयोजकत्वमा सुरक्षा उपसमिति बनेको छ ।

यस्तै, पवित्रा सुब्बाको संयोजकत्वमा अनुगमन, रुद्र न्यौपानेको संयोजकत्वमा पार्टी परिचालन, मदनराज शर्माको संयोजकत्वमा धार्मिक समन्वय, गौरव चन्दको संयोजकत्वमा प्रचार–प्रसार सामाग्री व्यवस्थापन, इन्दिरा शाहीको संयोजकत्वमा स्वास्थ्य र सलाउद्दिन जसगढको संयोजकत्वमा मुस्लिम समुदाय समन्वय उपसमिति बनाएर परिचालन गरिएको छ । उपसमितिका संयोजकले आ–आफ्ना समितिलाई पूर्णता दिँदै काम गरिरहेका छन् ।

थप समाचार

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ